• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ नं. वडामा आज (बिहिबार) भएको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको भेलाले दुर्गाप्रसाद दंगालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
    दुर्गाप्रसाद दंगाल नेपाली कांग्रेसका वडाका नेता हुन् । समितिको सहसंयोजकमा माओवादी केन्द्रका मनोरथ भट्टराई र नेकपा (एस)का राज पयाङ्गु लिम्बू रहेका छन्  ।
    समितिको सदस्यमा तीनै पार्टीका पाँच÷पाँच जना रहेका छन्  । ३ नं. वडा समितिमा निर्मला चौहान, लिलाबहादुर गुरुङ, चन्द्रप्रसाद तिम्सिना, कबिराज काङबाङ, रुपा पौडेल, लोकबहादुर तामाङ, सन्तोष बिक, तिलकसिंह लिम्बू, राजुसिंजाली मागर रहेका छन्  । त्यसैगरी तयादेवि पराजुली, देबेन्द्र परियार, आनन्द बेघा, तिलबहादुर आङ्बो रहेका छन्  ।
    भेलामा माओवादी केन्द्रको बेदनिधी खनालले नेपाली कांग्रेस र माओवादीको संयुक्त प्रयासमा गणन्त्र स्थापना भएको संझना गराए  । माओवादी र कांग्रेसकै अग्रसरतामा शान्ति सम्झौता भएको खनालले बताए  । उनले कमल थापासँगको गठबन्धनमा एमालेले जितेमा नेपालको लागि हानिकारक हुने भन्दै लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुपर्ने खनालले बताए  । 
    कार्यक्रममा नेकपा (एस)का प्रतिनिधि सभाको समानुपातिक सांसदको उमेद्वार कृष्णकुमारी बिक, नेपाली कांग्रेसको निर्मला चौहान लगायतले गठबन्धन बारे बोलेका थिए  ।
    नेपाली कांग्रेस नगर सभापति रुपनारायण भट्टराईको सभापतित्वमा भएको भेला माओवादी केन्द्रको नगर अध्यक्ष गोबिन्द कटुवालले सञ्चालन गरेका थिए  । कार्यक्रममा माओवादी केन्द्रको प्रदेश सदस्यसमेत रहेका संविधान सभा सदस्य लालबहादुर मगर, रञ्जु कटुवाल, नेता बालकुमार मगर, नगर उपाध्यक्ष कमल हाङबाङ, नरबहादुर राई, मदन पोख्रेल, मान दियाली, नेपाली कांग्रेसका नगेन्द्र सुम्बा, कबिता पराजुली, नेकपा (एस)का कुमार चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो । वडा भेलामा तीनै पार्टीको वडा समितिको पदाधिकारी, सदस्य सहभागी हुँदै आएका छन्  ।


     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…