• मोरङ । नेकपा (एस)को केन्द्रीय परिषद सदस्यसमेत रहेका संविधान सभा सदस्य चण्डीप्रसाद राईले केपी ओलीलाई प्रतिगमनको नाइकेको संज्ञा दिएका छन् ।
    मोरङ ३ नं. क्षेत्रक ‘क’ प्रदेश अन्तरर्गत आज (बुधबार) पथरीशनिश्चरे वडा नं. १ को वाम–लोकतान्त्रिक गठबन्धनको भेलालाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन् ।
    ओलीले प्रतिगमनको इसारामा झण्डै दुई तिहाइको नेकपाको केन्द्र र प्रदेश सरकारहरुलाई सडकमा पु¥याएको, दुई पटक संसद बिघटन गराएको, दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिलाई रोक्न लगाएर खुलेरै संविधान, विधि, विधान बिपरित काम गर्दै आएकाले राईको भनाइ थियो ।
    ओली र उनले पठाएको दलालहरुलाई भोट दिएर जिताए हालसम्म प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा रहेकोले भोट नदिएर प्रतिगमनलाई पछार्नु पर्ने बताए । एमाले अध्यक्ष ओली पञ्च र राजा ज्ञानेन्द्र जस्तै स्वेच्छाचारी भएको कारण आफूहरु मात्र होइन हालसम्म पनि इमान्दार नेता कार्यकर्ताहरुले एमाले छाड्ने क्रम नरोकिएको बताए । एमाले भन्ने पार्टी ओलीकै कारण सक्किनेसमेत राईको दाबी थियो ।
    कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय आयोगको सदस्य लालबहादुर मगर, नेपाली कांग्रेसको प्रदेश सदस्य लोकनाथ खरेल लगायतले बोलेका थिए ।
    बाम लोकतान्त्रिक गठबन्धनको पथरीशनिश्चरे नगर अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा समानुपातिक प्रदेश सभा सदस्य उमेद्वार गीता तिम्सिना, नेकपा (एस)को केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधि सभा सदस्य कृष्णकुमारी बिक लगायत उपस्थिति रहेको थियो । 
    माओवादी केन्द्रको नगर अध्यक्ष गोबिन्द कटुवालले सञ्चालन गरेको कार्यक्रम नेकपा (एस)को नेतृ विन्दु राईले स्वागत गरेका थिए । भेला १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिले आवश्यकता अनुसार अन्य समितिहरु आफै गठन गर्ने अधिकार दिइएको नेका नगर सभापति रुपनारायण भट्टराईले बताए । भेला आज दिउसो २ बजे २ नं. वडाको हुने कार्यक्रम रहेको जनाएको छ


    वडा नं. १ निर्वाचन परिचालन समिति
    निर्वाचन परिचालन समितिको संयोजकमा नेपाली कांग्रेस वडा सभापति वीरेन्द्रराज प्रसाई, सहसंयोजकमा माओवादी केन्द्रको युवराज चौलागाई, नेकपा (एस)को ओम लिम्बू रहेका छन् ।
    सदस्यहरुमा नेकाको तर्फबाट उदयकुमार राई, सुमन बिक, अमर कार्की, रिता साहा, माओवादी केन्द्रको तर्फबाट बुद्धि निरौला, तुलशी लुनिया, कृष्णकुमार राई, तिर्थ अधिकारी, नेकपा (एस)को तर्फबाट जोन सुब्बा, ईन्दिरा सुन्दास, बलिदान चेम्जोङ र रमा राई रहेका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…