• मोरङ । मोरङ ३ नं. क्षेत्रको वाम–लोकतान्त्रिक गठबन्धनको बुधबार मोरङको बेलबारीमा भएको बैठकले चुनावी प्रयोजनको लागि तीन वटा समिति गठन गरेको छ ।
    मोरङ ३ नं. क्षेत्रको तीनै जना उमेद्वारलाई जिताउन निर्वाचनमा लाग्ने उदेश्यले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा बैठक बसेको थियो ।
    बैठककाले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको अध्यक्षतामा १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । समितिको सह संयोजक दीपक भट्टराई (माओवादी केन्द्र), चण्डीप्रसाद राई (नेकपा, एस), मित्रसेन योञ्जन, राजेन्द्र ढकाल, मानबहादुर लिम्बू, सन्तोष फूयल, तिलकप्रसाद राई, श्रीहाङ राई, लोचन धमला, रञ्जु कटुवाल, नवराज चापागाई, अम्बिका अर्याल, तुलशी ढकाल, भूमि दुलाल, भूपाल बस्नेत, महेश आचार्य गरी १७ सदस्यीय समिति गठन भएको हो ।
    त्यसैगरी नेकपा (एस)को पोलिटब्युरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्य उच्च स्तरीय संयुक्त अनुगमन समिति गठन भएको छ ।
    समितिको सदस्यमा डा. देउमान सङ्बाहाङ्फे, गीता तिम्सिना, महेन्द्र सुवेदी, शिव प्रसाद ढकाल, अरुण सुन्दास लगायत रहेका छन् ।
    बैठकले 
    नेकपा (माओवादी केन्द्र) असोक दाहालको संयोजकत्वमा २५ सदस्यीय प्रचारप्रशार मूल समिति गठन गरेको छ ।
    समितिको सदस्यहरुमा कांग्रेसको डा. अताबुल मन्सुर, कबिता पराजुली, नेकपा (एस)का मानप्रसाद लिम्बू, युवराज भट्टराई, माओवादी केन्द्रको अर्जुन जम्नेली राई, मोहन भट्टराई लगायत रहेका छन् ।
    बैठकले असोज २८ गतेसम्म प्रदेस, गाँउ, नगर र वडातहसम्म निर्वचन परिचालन, प्रचारप्रसार र अनुगमन समिति गठन गरिसक्ने र कार्यालय खोल्ने निर्णय भएको छ ।
    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को तर्फबाट ३ नं. क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सुनिल शर्मा (नेका) ३ (क)मा शेखरचन्द्र थापा (नेका) र (ख)मा नेकपा (एस)को लक्ष्मीकुमार श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।
    मोरङ ३ नं. क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (एस)को कृष्णकुमारी बिक संघीय सांसदमा दलिततर्फ देशकै १ नम्बरमा र गीता तिम्सिना माओवादी केन्द्रको तर्फबाट प्रदेश सभाको लागि खस आर्य समूहको लागि १ नं. मा बन्द सूचीमा परेकोले दुई जना सांसद बन्ने निश्चित जस्तै भएका छन् ।


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…