• मोरङ । मंसिर ४ गतेको निर्वाचनको सवालमा मोरङको पथरीशनिश्चरेमा रहेका माओवादी केन्द्र र नेकपा (एस)वीच आज विहान (बुधबार) औपचारिक भेटघाटन भएको छ ।
    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस)को वाम लोकतान्त्रिक पार्टी गठबन्धन मध्ये दुई पार्टीको नगर स्तरीय छलफल भएको हो । 
    पथरी बहुमुखी क्याम्पस नजिकै भएको माओवादी केन्द्रको नगर कार्यालयमा भएको छलफलमा नेकपा (एस)को तर्फबाट चण्डीप्रसाद राई, दीपक बस्नेत, कृष्णकुमारी बिक, मानप्रसाद लिम्बू, नगर अध्यक्ष तुलशी बस्नेत, माओवादी केन्द्रको तर्फबाट नगर अध्यक्ष गोबिन्द कटुवाल, कमल हाङबाङ, शिव तिम्सिना, मदन पोख्रेल, खेम ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।
    मोरङ ३ नं. क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (एस)को कृष्णकुमारी बिक संघीय सांसदमा दलिततर्फ देशकै १ नम्बरमा र गीता तिम्सिना माओवादी केन्द्रको तर्फबाट प्रदेश सभाको लागि खस आर्य समूहको लागि १ नं. मा बन्द सूचीमा परेकोले दुई जना सांसद बन्ने निश्चित रहेको बताइएको छ ।
    दुई जना बिजय निश्चित जस्तै भएको र प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सुनिल शर्मा, प्रदेश सभा (क)मा शेखरचन्द्र थापा, (ख)मा नेकपा (एस)को तर्फबाट लक्ष्मीकुमार श्र्ेष्ठ गठबन्धनको साझा उमेद्वार रहेका छन् ।
    गठबबन्धनको उमेद्वारहरुलाई बिजय गराउन के कसरी लाग्ने भन्ने बिषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)को पथरीशनिश्चरे नगर अध्यक्ष गोबिन्द कटुवालले बताए । 
    सुनिल शर्मा विरुद्ध एमालेको उमेद्वार भानुभक्त ढकाल, (क)मा शेखरचन्द्र थाप (नेका) र एमालेको दिलिपकुमार राई (किशोर), (ख)मा नेकपा (एस)को लक्ष्मीकुमार श्रेष्ठ र एमालेको तर्फबाट ज्ञानेन्द्र सुवेदीको प्रतिष्पर्धा रहेका छन् ।
    यसैवीच आजै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायत गठबन्धन दलहरुको ३ नं. क्षेत्र स्तरीय बैठक बेलबारी बस्ने नेपाली कांग्रेसको क्षेत्रीय सभापति गणेश खड्काले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…