• सम्मान ग्रहणपछि महागायक गायक राजेशपायल राई

    अमेरिका । नेपाली गायन क्षेत्रको मेधा स्टार राजेशपायल राई संयुक्त राज्य अमेरिकामा सम्मानित भएका छन् । 

    सांगीतिक कार्यक्रममा अमेरिका पुगेका गायक राजेशपायल राईलाई किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए)टेक्सास्ले डालास अर्भिङ् स्थित रेष्टुरेन्टमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरेर सम्मान गरेको थियो ।
    राई इज किङको उप नामले परिचित राईलाई फेटा, खादा लगायत किरात परम्परा अनुसार सम्मान गरिएको आयोजक समितिको अध्यक्ष दिलिप राईले बताए । श्रोता÷दर्शकबाट महागायकको समेत उपाधि पाएका राईले विश्वको विभिन्न भाषामा गीत गाउनुको साथै नेपाली सांगीतिक आकाशका एउटा नक्षेत्र भन्दै सम्मान गरेको हो । 

    कार्यक्रममा गायक राईले राजेशपाइल राई फाउण्डेसन् मार्फत सामाजिक आभियानसमेत गर्दै आएको बताइएको थियो । गायक राईले सम्मान ग्रहनको क्रममा विश्वभरका किराती एकता तथा राईहरु मिलेर अधि बढनु पर्ने बताएका थिए । 

    भ्वाइस अफ नेपाल सिजन ४ का कोचसमेत रहेका राईको संयुक्त राज्य अमेरिकामा सात वटा सहरहरुमा सागीतिक कार्यक्रम रहेको बुझिएको छ । केआरएसए, टेक्सास् च्यापटरले प्रत्येक वर्षको उभौली÷उधौलीमा धनुष वाण (आर्चरी प्रतियोतिता), मैत्रीपूर्ण फुटबल तथा सास्कृतिक कार्यक्रमको साथै मानवीय कार्यका लागि आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ महासचिव दिवस कोयु राईले बताए । 

     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…