• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयको आयोजनामा आज (शनिबार) पथरीको मुख्य सडक र बजार सरसफाइ भएको छ । 
    वडा अध्यक्ष भीमकुमार राईको नेतृत्वमा भएको सरसफाइमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय पथरी, इलाका ट्राफिक प्रहरी कार्यालय लगायतको सहभागिता रहेको थियो । 
    सरसफाइ टोलीले कुचोले बढारेर बजार सफा गर्नुको साथै पूर्व पश्चिम मुख्य सडक उत्तर दक्षिणमा रहेको फोहोर मैला संकलन गरेर डम्पिङ साइड पठाएका थिए । कार्यत्रक्रममा राजनीतिक दलका कार्यकर्ताहरु, पथरी बजार व्यबस्थापन समिति, वडा सदस्यहरु सहभागीता रहेको थियो । 

    वडा अध्यक्ष भीमकुमार राईले सरसफाइ अभियानमा जोडिएका संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिदै हिन्दू समुदायको दशै लगायतका चाडको शुभकामना दिएका थिए । 
    पथरीमा फोहोर फाल्ने डम्पिङ साइड शान्ति सामुदायिक वन क्षेत्रमा पथरी बजार नजिकै रहेकाले समस्या रहेका छन् । पथरी शनिश्चरे नगरपालिकाले सरसफाइको लागि ट्याक्टर, ट्रिपरको साथ जनशक्ति प्रयोग गरेर बजारलाई सफा राख्ने प्रयास गरेपनि पथरी खोलाबाट दक्षिणको सरकारी पैनीमा फोहोर फाल्ने संस्कारको अझै अन्त्य भएको छैन । 
    पथरी पैनी नगरको वडा नं. २, ३ र ७ नम्बर वडामा खोतिमा लगिएको छ । पैनीबाट प्रयोग भएको कण्डम, महिलाले प्रयोग हुने प्याड, बालबालिकाको डाइपर लगायतको फोहोर मैला बगेर धान बाली, सब्जि लगायतको खेतिमा बगेर आउन अझै नछाडेको पैनी समितिको सचिव केशव दाहालले बताए ।  फोहोर मैला संकलन गरेर बजार सफा राख्ने उदेश्यले बजारको बिभिन्न स्थानमा वडा कार्यालयले डस्टविन समेत राखेको थियो । नगरले फोहोर संकलन र उठाउने लगायतको सुबिधा दिए पनि पैनी, सडक, बजारमा जथाभावि फोहोर फाल्ने संस्कृतिको अन्त्य हुन आवश्यक छ । यद्यपि १ नं. वडा कार्यालयले सफाइ अभियान निरन्तर राख्ने वडा अध्यक्ष भीमकुमार राईले बताए ।                                    
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…