• काठमाडौ । किरात राई पत्रकार संघ केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा पत्रकार सइन्द्र राईलाई सम्मान गरेको छ । 
    किरात राई पत्रकार संघ केन्द्रीय समितिले काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा सुक्रबार १५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा अनलाइन खवरमा कार्यरत पत्रकार सइन्द्र राईलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरेको हो । पत्रकार सइन्द्र राई अनलाइन खबरको राजनीतिक व्यूरो हेर्ने विशेष संवाददाताको रुपमा कार्यरत छन् । 
    किरात राई यायोक्खाको ११ औ महाधिवेशनबाट नव निर्वाचित महासचिव भीम राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष पदम राई, पत्रकार सञ्जय सन्तोषी राई लगायतले शुभकामना दिएका थिए ।

     कार्यक्रममा किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सचिव बुद्धवीर बाहिङ राई, किरात राई लेखक संघको अध्यक्ष बलिराज खम्बू राई, किरात राई पत्रकार संघको पूर्ब महासचिव भद्रगोल किराती लगायतको उपस्थिति भएका थिए । संघको अध्यक्ष अवतार राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव कृष्णजित राईले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…