• मोरङ । मोरङको पथरी शनिश्चरे नगरस्थित १ नं. प्रदेश नमुना विद्यालय पञ्चायत माविले मंगलबार शुभकामना आदानप्रदान तथा कार्यक्रमको आयोजना गरि कक्षा १२ को विद्यार्थीलाई बिदाइ गरेको छ ।

    दशैंको शुभकामना आदानप्रदान  तथा विद्यार्थी विदाइ कार्यक्रमको आयोजना भएको हो । विद्यालयमा विज्ञान, मानविकी, व्यवस्थापन, ललितकला, कानुन, सिभिल इञ्जीनियरिङ लगायतको बिसयमा पढाइ हुँदै आएको छ ।  आज पाँच सयभन्दा बढी विद्यार्थीलाई विद्यालय बिदाइ गरिएको विद्यालयको प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताए ।

     

    कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो,  नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले,  विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी राई तुम्बापो, समाजसेवी युवराज बास्कोटा, देवराज भण्डारी, भूतपूर्व विद्यार्थी समाजका कोषाध्यक्ष टीकेन्द्र पौडेल दिनेश लगायतले शुभकामना तथा बिदाइ मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बिद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने विज्ञान संकायका विद्यार्थी सौरभ बस्नेतलाई विद्यालयले नगदसहित सम्मान गरेको छ । कार्यक्रममा सहायक प्रअ बिना खालिङ राई, शिक्षकद्वय राजु तिम्सिना र बुद्धिनाथ अधिकारीले विद्यालयको सिकाइ विधिको परिस्कृत स्वरुप बारे बोलेका थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…