• मोरङ । मोरङको कानेपोखरी गाउँपालिका २ दलेली स्थित शिक्षा विकास माविको कम्प्युटर लगायतको सामान चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले दुई जनालाई पक्राउ गरेका छ । 
    विद्यालयको ३ सेट कम्प्युटरसहित अन्य सामाग्री चोरी गरेको अभियोगमा कानेपोखरी २ बस्ने २० बर्षको अजय सरदार, ३ का २८ बर्षिय प्रदिप चौधरीलाई आज (सोमबार) पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    आइतबार राति करिव १० बजे ताला फोरेर विद्यालयको ३ सेट कम्प्युटर, त्यसमा प्रयोग हुने तारहरु, साउण्ड सेट, दिनमा खाता तयार गर्ने क्यान्टिनको कुकर, भाडाहरु, डाडु पुन्युको साथै बिग्रेर राखेको पुराना २ वटा ट्युबेल समेत बरामद गरेको प्रहरीले जनाएको । चोरी गरेको समान स्थानीय अर्जुन सरदारको घरमा राखेको अवस्थाबाट बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेका दुबैजनालाई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…