• मोरङ । मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मोरङ क्षेत्र नं. ३ ‘क’ बाट लालबहादुर सुश्लिङ मगरको नाम प्रदेश सभा सदस्यमा सर्बसहमत रुपमा सिफारिस भएको छ । 
    नाम सिफारिस भएका मगर संविधान सभा सदस्य हुन् । समानुपातिकमा भने गीता तिम्सिना, बालकुमार मगर (बिकास) र कलम हाङबाङ लिम्बूको नाम सर्वसहमत सिफारिस भएको छ । क्षेत्र नं. ३ संघीय सासदको उमेद्वारमा भने साबित्रीकुमार काफ्ले (समर)को नाम सर्बसहमत रुपमा जाने बुझिएको छ । 
    पार्टी प्रदेश समितिले सके सर्बसहमत नभए बढीमा ३ जनाको नाम सिफारिस गर्न क्षेत्रीय समितिहरुलाई सर्कुलर जारी गरेको थियो । प्रदेश सभा सदस्यमा ७ भन्दा बढीले आफ्नो नाम सिफारिस गर्न प्रस्ताव राखेका थिए । समानुपातिका पनि सोही बराबर नाम प्रस्ताव आएपनि प्रत्यक्षमा सुश्लिङ मगर र समानुपातिकमा ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो । 
    शनिबार उमेद्वार बारे छलफल गर्न बोलाइएको बैठकमा पार्टीको पोलिटब्युरो सदस्य साबिक्रीकुमार काफ्ले, केन्द्रीय सदस्य गीता तिम्सिना लगायतले पार्टीको चुनावी नीतिको बारे बोलेका थिए । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…