• आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ १ नं. क्षेत्रमा माओवादी केन्द्रको तर्फबाट प्रेम मिभक लिम्बू संघीय सांसदमा उमेद्वार उठ्ने भएका छन् । 
    गठबन्धन भए वा नभएपनि सो क्षेत्रबाट संघीय सांसदमा उमेद्वार उठ्ने पक्का भएको लिम्बूले बताए । माओवादी केन्द्र प्रदेश समितिको सचिवालय सदस्य, मोरङ जिल्ला सहइन्चार्ज रहेका लिम्बू माओवादी केन्द्रको इमान्दार नेता हुन् । 
    जनयुद्ध कै क्रममा २०५६ सालमा माओवादीको पूर्णकालीन सदस्य भएका लिम्बू २०६० मा पार्टीले मोरङ जिल्ला जनसरकार प्रमुख बनाएका थिए । 
    पार्टी शान्ति प्रकृयामा आएपछि २०७० को निर्वाचनमा लिम्बू संघीय सांसदको समानुपातिक उमेद्वार थिए । युद्ध कालमै तत्कालीन किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव, हाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको बरिष्ठ उपाध्यक्ष रहेका लिम्बू पार्टी संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको १ नं. प्रदेश समितिको संयोजक हुन् । 
    पूर्बी उत्तरी मोरङमा जनतावीच लोकप्रिय नेताको रुपमा परिचित प्रेम मिभक लिम्बू मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ संघीय सांसदको उमेद्वारी पक्का भएको उनले बताए । गठबन्धन भए वा नभएपनि यो पटक आफू उमेद्वार उठ्ने र सोही अनुसार पार्टी नेतृत्वसँग छलफल भइरहेको उनले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको सेवामा फर्किन आव्हान गरेका छन्…

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…