• मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य डा.देउमान सङ्बाहाङफेले केपी ओलीको दम्भको कारण एमाले सकिने बताएका छन् । 
    पार्टी पुनर्गठन भएको एक बर्ष पुगेको अवसरामा बिहिबार साँझ मोरङको पथरी शनिश्चरे नगरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बेल्दै सङ्बाहाङफेले सो कुरा बताएका हुन् । 
    नेकपा एस विचार, दर्शनको आधारमा चल्ने असल कम्युनिष्ट पार्टी भएको दाबी गर्दै अध्यक्ष केपी ओलीको खराब राजनीतिक आचारणले सूर्य चिन्ह बन्दाम भइसकेको आरोप लगाए । ओलीको दम्भ र घमण्डको कारण आगामी निर्वाचनमा जनताले कलम चिन्दहमा भोट लाउने तर्क प्रस्तुत गरे ।
    जनताले आगामी मंसिर ४ गतेको निर्वाचनमा असल कम्युनिष्ट चिनेर भोट लगाउने तर्क प्रस्तुत गर्दै सक्रियताको साथ लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 
    पार्टीको प्रदेश समिति सदस्य चण्डीप्रसाद राई, टंक भण्डारी, दीपक बस्नेत लगायतको उपस्थिति रहेको कार्यक्रम नगर अध्यक्ष तुलशी ढकालले सञ्चालन गरेका थिए । 
    पार्टी पुनर्गठन भएको एक बर्ष पुगेको अवसरमा नेपालको नक्सा वरिपरी दीप प्रज्वलन गरेर बर्ष गाँठ बनाएका थिए । कार्यक्रममा युवा, विद्यार्थी र नगर समितिका पदाधिकारी, सदस्यहरु उपस्थित थिए । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…