• मोरङ । बृद्धबृद्धा र अशक्त भारतीय भूपू सैनिकहरुले पेन्सन पेइङ कार्यालय धरानबाट हुने सेवा मोरङको पथरीबाट लिएका छन् । 
    भूपू सैनिकहरुले बर्षमा एक पटक जीवन प्रमाणपत्र बुझाउनु पर्ने हुन्छ । उक्त प्रमाणपत्र भारतीय दुतावास अन्तरगत पेन्सन पेइङ कार्यालय सुनसरी धरानमा बुझाउनु पर्ने हुन्छ । उक्त प्रमणपत्र नबुझाउनेहरुको पेन्सन रोकिने गर्दछ । 
    यो बर्षको प्रमाणपत्र भारतीय दुतावास अन्तरगर्त पेन्सन वितरण कार्यालय धरानका कमाण्डर मेजर भरत कर्णजिया लगायतको टोली पथरी स्थित भूपू सैनिक अंग्रेजी स्कुलमा मंगलबार र बुधबार कार्यक्रमवीच एक हजार ३७६ जना भूपू सैनिकहरुलाई जीवित प्रमाणपत्र बुझाएको भारतीय भूपू सैनिक पथरी शनिश्चरे नगर समिति सचिव प्रेमकुमार राईले बताए । 
    मेजर भरतले बिभिन्न कारण पथरीसम्म आउन नसक्ने अशक्तहरुलाई घरैमा गएर प्रमाणपत्र लिनुको साथै बिभिन्न कारण पेन्सन नमिलेका ७० जना भूपू सैनिक परिवारको पेन्सन मिलाइ दिएको अध्यक्ष धनबहादुर राणाले बताए । 


    बृद्धाबृद्धा र अशक्तहरु भूपू सैनिकहरुका लागि भारतीय भूपू सैनिक पथरी शनिश्चरे नगर समितिले गत बर्षदेखि मोरङ जिल्लाभरका पेन्सिनरहरुलाई पथरीबाट सेवा दिन सुरु गरेको हो । 
    सो अवसरमा पेन्सन वितरण कार्यालय धरानका मेजर भरतले भूपू सैनिकहरु समस्या समाधान बारे उपायहरु समेत बताएको आयोजक समिति सचिव प्रेमकुमार राईले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…