• मोरङ । मोरङको पथरीशनिश्चरे नगर १ स्थित पथरी बजारमा स्टेन गरी राखिएको गाडिबाट डिजेल झिकेर बिक्री गर्ने ब्यक्तिलाई सीसी क्यामेरामा रेकर्ड भएको फुटेजको आधारमा पक्राउ भएको छ । 
    आज (सुक्रबार) बिहान करिब ४ बजे ओमसाई आटो दोकान अगाडि (हाइवे छेउ) को १ ख ५९४७ नं.टिपरबाट डिजेल चोरेर बिक्री भएको थियो । ओमसाई आटो स्थानीय शम्भू बुढाथोकीको मोटारसाइकल, कार लगायतको गाडि खरिद बिक्री गर्ने कम्पनी हो । बिक्रीको लागि राखिएको टिपरबाट डिजेल चोरी भएको थियो । 
    बिहान ग्राहकलाई देखाउन टिपर स्टाट गर्न खोज्दा डिजेल नभएर स्टाट नभएपछि आफ्नो र बिभिन्न दोकान र बैंकहरुको ५ वटा सीसी क्यामेरामा रेकर्ड भएको फुटेजको आधारमा चोर पत्ता लागेको थियो ।
    सीसी टिभि फुटेजमा तेल झिकेर नजिकै मुख्य सडक उत्तरमा पर्ने टायर मर्मत गर्ने शान्त ट्रेडर्स सञ्चालक सन्तविर र छलिमाया गहतराजलाई बिक्री गरेको पत्ता लागेपछि प्रहरीले टिपरबाट डिजेल झिकेर बिक्री गर्ने पथरीशनिश्चरे ६ का २८ बर्षिय सुरेश बुढाथोकीलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका बुढाथोकीसँग हेबी गाडि चालक अनुमति पत्र रहेको बताइएको छ । 
    हाइवे नजिकै बिभिन्न गाडिहरुबाट यसैगरी पटक, पटक गरी ३ सय लिटर भन्दा बढी तेल चोरी हुने गरेको शम्भू बुढाथोकीले बताए । 
    सुरेश बुढाथोकीले टिपरबाट चोरी गरेको ३० लिटर डिजेल प्रतिलिटर १४० रुपैयाको दरले बिक्री गरेका थिए । पेट्रोल पम्पमा डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्दछ । खुद्रा ब्यापरीले भने उक्त डिजेल लिटरको १८० ले बेच्ने गरेको छलिमायाले बताए । पथरी शनिश्चरे नगरले राखेको सीसी क्यामेरा भने काम नलाग्ने अवस्थामा भएको कारण चोरीको समस्या बढेपनि नियन्त्रणमा समस्या रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    नगरले बजारको बिभिन्न स्थानमा राखेको सीसी क्यामेरा एक बर्ष नपुग्दै काम नलाग्ने भएपछि चालु मोटरसाइकलबाट सुनको गहना, बोकि रहेको ब्याग चोरेर फरार हुने गरेपनि प्रहरीलाई तत्काल पत्ता लगाउन समस्या भएको छ । चोरीको संख्या बढेपछि इलाका प्रहरी कार्यालयले सकास्पद केही मोटरसाइकसहित चालकलाई नियन्त्रणमा लिएपनि ठोस प्रमाण नहुँदा छाड्नु परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेदप्रसाद गौतमले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…