• मोरङ । मोरङको पथरीशनिश्चरे नगरबाट लागू औषध गाँजासहित बिहिबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे ८ का ५२ बर्षिय आइबहादुर राई, पथरीशनिश्चरे ३ का ३८ बर्षिय कोपिला मगर र २ नं. वडा बस्ने १९ बर्षिय सुनिल परियार रहेको इलाका प्रहरी कार्यालय पथरी जनाएको छ । 
    पक्राउ परेका आइबहादुर राई फरार लिष्टमा थिए । राईको घरबाट २०५३ माघ २१ गते १७ किलो गाँजा पक्राउ परेको थियो । राईलाई बिहिबार घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    बिहिबारै वडा नं. २ को सुनिल परियारलाई ५० ग्रम गाँजासहित पक्राउ परेको छ । उनको अनुसन्धानको क्रममा ३ नं. वडाकी कोपिला मगरलाई घरैबाट करिब आधा किलो गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । तीन जनालाई लागू औषध सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पछिल्लो समयमा नगरमा लागू औषध प्रयोग, ओसारपसार र कारोबारी बढेको प्रहरीले जनाउदै आएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…