• काठमाडौ । माओवादी केन्द्रसँगको वार्ता भाँडिएपछी पूर्बी नेपालमा कृयाशील राष्ट्रिय एकता पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)वीच  एकता भएको छ ।

    हिजो (साउन २३) भएको एकता सम्झौता पत्रमा राष्ट्रिय एकता पार्टीले लोसपाको नाम, झण्डा, लोगो र चुनाव चिन्ह स्वीकार गर्ने, लोसपाले लिम्बुवान आन्दोलन र सरकारसँग भएको सहमति, सहिद, घाइते, अपाङ्गताको स्वामित्व ग्रहण गर्ने, मंसिर ४ गते हुन लागेको संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा लोसपाले एकता पार्टीको नेता, कार्यकर्ताहरुलाई समुचित स्थान दिने उल्लेख छ ।

    लोसपाको अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङ (लाजेसा)द्वारा हस्ताक्षरित पत्रमा लाजेसालाई पार्टीको केन्द्रीय कार्यकारी सदस्य र १ नं. प्रदेश ईन्चार्जको जिम्मेवारी दिने उल्लेख छ ।

    पार्टी एकताको लागि माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङ (लाजेसा)वीच ३ चरण छलफल भएर एकताको लागि मिति समेत तयार भएको थियो ।

     प्रचण्डले अध्यक्ष थाम्सुहाङलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएर पार्टी समायोजन गर्ने दुई अध्यक्षको मौखिक सहमति भएपनी माओवादी झापा कार्यक्षेत्र भएका केही कार्यकर्ताहरु आफ्नो लाइनका नेता मार्फत प्रचण्डसँगको लिखित सम्झौता हुन लाग्दा वार्ता भाँडेपछि लोसपासँग एकता गरेको थाम्सुहाङले बताए ।

     प्रेमदिप थाम्सुहाङ (लाजेसा) कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायत पार्टीको नेतृत्व तहमा बसेर काम गरेपनि पछिल्लो समयमा राष्ट्रिय एकता पार्टी गठन गरेर संगठन निर्माण र विभिन्न बिषयमा धारणा राख्दै आएका थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…