• काठमाडौं । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा पत्रकार राजेश चाम्लिङ राई, लेखक कौशल चेम्जोङ लगायत ११ जनालाई नगदसहित सम्मान तथा पुरस्कृत गर्ने भएको छ । 
    यायोक्खाले साउन २२ गते बिशेष कार्यक्रमवीच ३५ औं स्थापना दिवस ललितपुर मानभबन स्थित कृष्टल व्याङ्वेटमा मनाउदैछ । 
    कार्यक्रममा गोरखापत्र दैनिकका सहायक सम्पादक राजेश चाम्लिङ राईलाई नगद ३० हजार सहित धनकेशरी अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार कोषमार्फत सम्मान गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले बताए । चाम्लिङ किरात राई पत्रकार संघको पूर्ब अध्यक्षसमेत हुन ।
    कृति सम्मानमा कौशल चेम्जोङ लिम्बूद्वारा लिखित उदयपुरको इतिहास पुस्तकलाई छत्र विष्णु राई कृति सम्मान कोषबाट सम्मान गर्ने निर्णय भएको छ । किरात इतिहाससँग सम्बनिधत पुस्तकलाई नगद २५ हजारसहित सम्मान हुने यायोक्खा उपाध्यक्ष ज्ञान राईले बताए । उदयपुरको गाईघटका चेम्जोङ नेपालको स्थापित पत्रकार हुन् । 
    किरात मेवाहाङ मुन्दुम लगायत पुस्तक लेखन तथा संकलन गरेर किरात राई समुदायलाई योगदान पु¥याए बापत शिव सुन्दर मेवाहाङ राईलाई किराया मदनेश्वरी राई स्मृति पुरस्कार कोषबाट ३० हजारसहित पुरस्कृत हुने भएको छ । 
    किराया दर्गादेवी मोहन सिं भाषिक पत्रकारिता सम्मान कोषबाट रेडियो नेपालको धनकुटाबाट बान्तावा भाषामा कार्यक्रम सञ्चालन गर्दै आएकी सुखकला राई, किराया संगीत विकास कोषबाट संगीतकार डाक्टर किरात, किरात राई समुदायमा भाषिक क्षेत्रबाट योगदान पु¥याए बापत गणेश साम्पाङ राईलाई सम्मान गर्ने भएको छ । 
    पत्रकारिता गर्दै आएका राई यायोक्खा पाँचथर जिल्ला अध्यक्षसमेत हुन् । वान्तावा भाषामा कृति समेत प्रकाशन गरेका राईलाई किराया विराजनसुर लालमतिम्मा लालमतिम्पा भागेम्मा सायरोम कोष २०७५ बाट सम्मान गर्ने भएको हो । 
    त्यसैगरी जुडो खेलाडी सम्झना राईलाई ३० हजार नगदसहित किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कार कोष २०७९बाट सम्मानित हुने भएका छन् । 

    कार्यक्रममा बिभिन्न बिषयमा विद्यावारिधि गर्ने तीन जना, सगरमाथा आरोही, छात्रवृति, साफ र एसियन खेलमा बिभिन्न पदक विजेता खेलाडीहरुलाई समेत सम्मान तथा कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । 

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…