• सुनसरी ,१५  इटहरी 

    नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र सम्बद्ध लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा नेपाल को ६ औ केन्द्रिय पदाधिकारी बैठक मोर्चाले सम्पन गरेको हो । बैठक सुनसरीको इटहरी Hotal INTOURIST Palace मा सम्पन्न गरेको थियो  । 

    मोर्चाका केन्द्रिय महासचिब पकंदी आङदेम्बेले संचालन गरेको पूर्ण पदाधिकारी बठैकलाई  मोर्चाका केन्द्रिय अध्यक्ष मुकसहाङ मेन्याङबोको अध्यक्ष्यतामा सम्पन्न भएको हो  ।  नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा १ नम्बर प्रदेश कमिटिका सह- इन्चार्ज समेत रहेका सावित्री कुमार काफ्ले (क, समर)को  प्रमुख अथित्यतामा सम्पन बैठकमा बिशिष्ठ अथिति प्रदेश कमिटिका अध्यक्ष हर्क बहादुर नेम्बाङ्ग ( क, मिक्सो ) सचिव गणेष उप्रेती (क, शुसिल ) लागयतका नेताहरुको सहभागी थियो ।  

    बहुमत सङ्ख्या  उपश्थिति रहेको  पदाधिकारी बैठकले पहिचानको मुद्धा छोडेको भन्दै   एमालेमा प्रवेश गरेका १४ जना मोर्चाका सदस्यहरुलाई अनुसासनको को कार्भाई समेत  गरेको छ । 

    पहिचान प्राप्तिको आन्दोलन पेचिल्लो बन्दै गैरहेको सन्दर्भमा  १ नम्बर प्रेदेशको नामाकारण "लिम्बुवान किरात"  मांग गर्दे  ३५ घटकले संयुक्त संघर्ष समिति गठन गरेको छ ।"लिम्बुवान किरात"  संयुक्त संघर्ष समितिले घोषणा गरेको  कार्यक्रमलाई थप सशक्त बनाउन लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा नेपालले निर्णायक भूमिका खेल्ने अध्यक्ष मुकसहाङ मेन्याङबोले बताउनु भयो ।  

    जातिय ,बर्गीय समस्या विभेदलाई सदाको लागि अन्त्य गर्न रास्ट्रमुक्ति  आन्दोलन संग जोडिएको  १० बर्षे जनयुद्धले  केहि अधिकार प्रत्यायोजन गरे पनि पुर्णत नभएको भन्दै  नेताहरुले  टाउको नकमाउन अध्यक्ष  मेन्याङबोले चेतावनी दिनु भयो । एक प्रसंगमा उहाले भन्नुभयो आफुले र आफ्नु पार्टिले पहिचानको मुद्धा छोडे पनि "लिम्बुवान"  नाम नामेट नहुने बताए । 

    बैठकमा सहभागी प्रमुख अथिति समरले भने यस बिचमा  पहिचान प्राप्तिको लागि दबाब मुलक आन्दोलन नभएको भए पहिचानको मुद्धा झण्डै  ओझेल हुने स्थितिनै थियो , सदनमा पहिचान पक्षधर अल्पमत रहेकोले एमाले कांग्रेस मिलेको भए  बहुमतले सगरमाथा वा कोशीमा पुर्याउने थियो । यद्दपि माओवादी र केहि पहिचान पक्षधरले सदनमा नामाकरणको बिषयलाई  अगाडि बढ्न नदिएको बताए । 

    आगामी संघ र प्रदेशको चुनाव पछि मात्र   १ नम्बर प्रेदेशको नामाकारण अगाडि बड्ने  बताए ।  उहाले भन्नु भयो माओवादीकै एजेडाहो पहिचानको मुद्धा तथापि पहिचान पक्षधरलाई  भोट नदिंदा  बहुमतले जनमत शृजना हुन सकेन अहिलेको समस्या यहि हो ।  उहाले आग्रह गर्नु भयो आगामी चुनाबमा पहिचान पक्षधरलाई पहिचान गरेर भोट दिनु होला यानिकि  १ नम्बर प्रेदेशको नामाकारण लेखन सहज होस् । 

    बहुपहिचानको आधारमा  १ नम्बर प्रेदेशको नामाकारण "किरात लिम्बुवान कोच" हुनु पर्ने ६ गते बसेको प्रदेस स्तरिय  बैठकको निर्णय  प्रदेश कमिटि सचिव शुसिलले  पढेर सुनाएका थिए ।  


     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…