• मोरङ । प्रदेश नं. १ को नाम ‘लिम्बुवान, किरात’ राख्न दबाब दिन गठन भएको संयुक्त संघर्ष समितिले भोलि (साउन ५) आयोजना गरेको बृहत जनप्रदर्शन कार्यक्रममा पहिचानवादी कांग्रेस नेता, कार्यकर्ताहरु झण्डासहित सहभागि हुने भएको छ । 
    प्रदेशको नाम राख्ने छलफल सुरु भएसँगै नेपाली कांग्रेसका पालिकादेखि प्रदेश स्तरीय नेता कार्यकर्ताहरु १ नं. प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै भेला, बैठकको साथै नेताहरुलाई भेटेर आफ्नो बिषय राख्दै आएका छन् । 
    नामको बहस सुरु हुन लाग्दा कांग्रेस पार्टीको प्रमुख सचेतक सुयर्माराज राईले सप्तकोशी बोलेको बिषय सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि कांग्रेसको पहिचानवादी नेता कार्यकर्ताहरु सक्रिय भएका हुन् । 
    ‘सबै अटने देश, सबैलाई जोडने काङ्ग्रेस’ भन्ने नाराको साथ पार्टीको १ नं. प्रदेश समिति सदस्य मित्रसेन योन्जन प्रमुख र सन्तोष सेरेङ लिम्बू संयोजक रहेको समिति गठन गरेर प्रदेशको नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै कांग्रेसका नेताहरुलाई भेटेर धारणा राख्नुको साथै पहिचानको आन्दोलनमा सहभगि हुने निर्णय गरेको छ । 
    समितिको संयोजकमा सन्तोष शेरेङ लिम्बु, उप संयोजकहरुमा तिलक लिम्बु, सन्जिव केरुङ, मौषम लिम्बु, काबुल मगर, कमला योन्जन, भर्तध्वज लिम्बु, ज्ञानुराज  राई, जीवन साम्पाङ राई गरी आठ जना रहेका छन् । 
    सचिवमा सुशील राई र सदस्यहरुमा शेर बाहादुर लिम्बु, गोविन्द लिम्बु, सुर्य खम्बु, सन्तोष प्राङदेन लिम्बु, बलिहाङ सेम्बु, देउमान शेरेङ, राजु लामा, शारदा याख्खा, शुक्रबहादुर आङ्देम्बे,  ताराकुमारी तामाङ, सन्जय थलङ, सनम राई, छत्र थेबे रहेका छन् । 

     


    नेपाली कांग्रेसको पहिचानवादी समूहले पार्टीको प्रमुख सचेतक समेत रहेका प्रदेश सभा सदस्य सुर्यमाराज राईलाई भेटेर प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात राख्न ज्ञापन पत्र बुझाएका छन् । कांग्रेसको पहिचानवादी समूहले पहिचानको विरोध गर्ने नेताहरुलाई आउने निर्वाचनमा गाउँ पस्दा अप्ठेरो हुने चेतावनीसमेत दिएका छन् । मित्रसेन योञ्जन, सन्तोष सेरेङ लिम्बू र मौसम लिम्बू लगायतको नेतृत्व रहेको पहिचानवादी विचार समूहले भोली साउन ५ गते बिराटनगरमा हुने बृहत जनप्रदर्शनमा नेपाली कांग्रेस पार्टीको चार तारे झण्डासहित सहभागी हुने सयोजक सन्तोष लिम्बूले बताए । पहिचानवादी कांग्रेस समाहित हुने भएपछि ‘लिम्बुवान, किरात संयुक्त संघर्ष समिति’मा ३३ वटा संगठन भएको छ । जनप्रदर्शन सफल पार्न पहिचानवादी कांग्रेसको तर्फबाट १५ जना स्वयम सेबक समेत पठाएको संयोजक लिम्बूले जानकारी दिए । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…