• भूमिप्रसाद पाठक

    मोरङ । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) आबद्ध घटक संगठन नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण युनियन (क्युपेक) नेपालको, पथरी शनिश्चरे नगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । 
    शनिबार भएको भेलाले हरिकुमार सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्बसहमत चयन भएको हो ।   
    समितिको उपाध्यक्ष टेकबहादुर बुढाथोकी, सचिव सूर्य भण्डारी, सहसचिव रवीन राई, कोषाध्यक्ष बालकृष्ण बुढाथोकी चयन भएका हुन् । सदस्यहरूमा प्रेमबहादुर तामाङ, वलबहादुर नेम्बाङ, सञ्जय लिम्बू, काजीमान रम्तेल, अशोक केजान रहेका छन् ।
    जिफण्ट १ नं. प्रदेश सचिव सूर्यबहादुर खवासको प्रमुख आतिथ्य र क्युपेक नेपालका मोरङ जिल्ला अध्यक्ष सूर्यबहादुर कुमालको उपस्थितिमा  भेला समापन भएको हो । 
    क्युपेक नेपालको नगर निवर्तमान अध्यक्ष दोर्णबहादुर खड्काले आफ्नो पद तथा जिम्मेवारीबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । 

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…