• भूमिप्रसाद पाठक

    मोरङ । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) आबद्ध घटक संगठन नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण युनियन (क्युपेक) नेपालको, पथरी शनिश्चरे नगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । 
    शनिबार भएको भेलाले हरिकुमार सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्बसहमत चयन भएको हो ।   
    समितिको उपाध्यक्ष टेकबहादुर बुढाथोकी, सचिव सूर्य भण्डारी, सहसचिव रवीन राई, कोषाध्यक्ष बालकृष्ण बुढाथोकी चयन भएका हुन् । सदस्यहरूमा प्रेमबहादुर तामाङ, वलबहादुर नेम्बाङ, सञ्जय लिम्बू, काजीमान रम्तेल, अशोक केजान रहेका छन् ।
    जिफण्ट १ नं. प्रदेश सचिव सूर्यबहादुर खवासको प्रमुख आतिथ्य र क्युपेक नेपालका मोरङ जिल्ला अध्यक्ष सूर्यबहादुर कुमालको उपस्थितिमा  भेला समापन भएको हो । 
    क्युपेक नेपालको नगर निवर्तमान अध्यक्ष दोर्णबहादुर खड्काले आफ्नो पद तथा जिम्मेवारीबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…