• मोरङ । मोरङ पथरीशनिश्चरे नगरमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को दोस्रो गोष्ठी हुने भएको छ । 
    असार १८ र १९ गते पथरीको सीनभिलेज पार्टी प्यालेसमा गोष्ठी हुने संस्था मोरङ जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको साझा संगठन हो । 
    बचत तथा ऋण सहकारी संस्थाहरुलाई वितीय तथा गैर वितीय सेवा, अतिरिक्त शिक्षा, तालिम, अनुगमण लगायतको कर्यहरु गर्दै आएको संस्थाले दुई दिनमा पाँच वटा कार्यपत्र प्रस्तुत तथा छलफल हुने आज (बुधबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । 
    नेप्सकुनको महासचिव दामोदर अधिकारीद्वारा साकोस सञ्जाल र प्रविधि, नेपाल सरकारको पूर्ब सचिव गोपीनाथ मैनालीले सहकारी प्रवर्धनमा नियमक निकायको भूमिका र सवालहरु, नेप्सकुनको पूर्ब मोरङ जिल्ला अध्यक्ष ताराबहादुर काफ्लेले संघीयता लागू भएपछि सहकारी संस्थामा स्थानीय तहको भूमिका बिषयको कार्यपत्र प्रस्तुत हुने भएको छ । 
    त्यसैगरी राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ गुरागाईले जोखिम न्युनिकरण एवं सक्षम सहकारी विकासका आधार, बिराटनगर स्थित स्नातकोत्तर क्याम्पसका प्रध्यापक अर्जुन बरालले आर्थिक समृद्धिका यात्रामा नेपालको सहकारी आन्दोलन बिषयको कार्यपत्र प्रस्तुत हुने आयोजक संस्थाको सचिव एकराज निरौलाले बताए । हरेक कार्यपत्रमा एक एक जनाले टिप्पनी गर्ने बताइएको छ । 
    कार्यक्रममा मोरङ जिल्लामा रहेका १७ वटै पालिकाको प्रमुख, उपप्रमुखलाई सहभागी गराएर बधाई, शुभकामनाको साथ सम्मान गर्ने कार्यक्रम रहेको सचिव निरौलाले बताए । कार्यपत्रमा छलफल गरी बचत तथा ऋण सहकारी संस्थाहरुले संस्था संचालन सम्बन्धी साझा अवधारणा तयार हुने जिल्ला बचत तथा ऋण सहकारी संघको उपाध्यक्ष बिना राईले बताए । 
    बचत तथा ऋण सहकारी संस्था सम्बन्धी साझा अबधारणा निर्माण र शिक्षा आदान प्रदानहुने संस्थाको पहिलो गोष्ठि २०७५ मा भएको थियो । प्रत्येक ३ बर्षमा आयोजना हुने गोष्ठि कोभिड संक्रमणको कारण रोकिएको सचिव निरौलाले बताए । जिल्ला सहकारी संघमा २७१ वटा संस्था आबद्ध रहेको सो संस्थाले जनाएको छ । पत्रकार सम्मेलनमा लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको ब्यबस्थपाक गणेश बाछना लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…