• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा नव निर्वाचित जनप्रतिनिधि र लेखक दिपेन्द्रराज तिम्सिनालाई सम्मान गरेको छ । 
    निजी तथा आवासीय विद्यालय अर्गनाइजशन, नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिले सोमबार नव निर्वाचित सम्मान कार्यक्रमको आयोजना गरी नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देबिमाया काफ्ले र १० वटै वडा अध्यक्षहरुलाई टोपी र मायाको चिनोले सम्मान गरेको हो । 
    प्याब्सन नगरसमितिले बिभिन्न बिषयहरु संकलन गरी पथरी शनिश्चरेको इतिहास, धिमाल जातिको इतिहास, जेसीज नेपाल लगायतका पुस्तकहरु लेखेर प्रकाशन गरेका दिपेन्द्रराज तिम्सिनालाई दोसल्लाह ओढाउनुको साथै सम्मान पत्रले सम्मान गरेका हुन् । 
    प्याब्सन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष सुरेन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा नगरका शिक्षा बिभाग प्रमुख नेपाल सरकारका उपसचिव शालिग्राम काफ्ले, इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । 

    बधाइ ग्रहण गर्दै नगर प्रमुख मोहन तुम्बापोले नगरमा निजी लगानी गरेर शिक्षा क्षेत्रमा पु¥याउदै आएकोमा बोर्डिङ स्कुल संचालकहरुलाई धन्यावाद दिदै यस क्षेत्रमा सहकार्य हुने बताए । 
    कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट १ नं. वडाका भीम राई र ४ का लोककिरण न्यौपालेले विचार राखेका थिए । सम्मान कार्यक्रममा वडा अध्यक्षहरु २ नं. वडाका नैना राई, ७ को उद्धपराज बस्नेत, ८ को नवीनजंङ कार्की र १० को जीवन खतिवडा उपस्थिति भएर सम्मान ग्रहण गरेका थिए । 
    बोर्डिङ स्कुलको तर्फबाट नोवलकिशोर खनाल, उपेन्द्र कँडेलले प्याब्सनले गर्दै अएको सामाजिक कार्यहरु बारे बोलेका थिए । 
    कार्यक्रममा एभरेष्ट बोर्डिङ स्कुल सञ्चालक तथा प्रिन्सिपल रबिन कन्दङ्वा, प्यागोडा बोर्डिङ स्कुल संचालक टिक दंगाल लगायतका निजी विद्याल सञ्चालकहरु र सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…