• २०७४ फाल्गुन १८

    भारतको छत्तीसगढको बीजापुरमा प्रहरी र माओवादीबीच भएको भिडन्तमा १० माओवादीको मृत्यु भएको प्रहरीले दाबी गरिएको छ।

    प्रहरीका अनुसार मृतकको संख्या बढ्न सक्छ।

    भीडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भएको छ।

    उक्त क्षेत्रका प्रहरीका डीआईजी सुन्दरराज पी ले भनेका छन्  उसुर थाना क्षेत्रको पुजारीपारामा छत्तीसगढ र तेलंगना राज्यका सुरक्षाबलको एक टीमले माओवादीविरुद्ध अपरेशन चलाइरहेको थियो, त्यसै क्रममा यो भीडन्त भएको हो। भीडन्तपछि हामीले १० माओवादीका शव भेटेका छौँ।

    उनले माओवादीविरुद्ध अपरेशन जारी रहेको बताएका छन्।

    प्रहरीले भीडन्तमा मारिएका माओवादीहरूको शनाखतको प्रयास जारी रहेको छ।

    जसमा केही ठूलो तहका नेता पनि हुनसक्ने आशंका गरिएको छ। प्रहरीले यसलाई आफ्नो ठूलो सफलता मानेको छ।

    प्रहरीलाई केही वर्षयताको यो ठूलो सफलता हो।

    माओवादीले उक्त क्षेत्रमा संगठन विस्तार गरिरहेको खबर पाएपछि प्रहरीले अपरेशन चलाएको बताइएको छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…