• मोरङ । स्थानीय तहको निर्वाचनमा पार्टीले लिएको नीतिप्रति असहमति राख्दै मोहन बैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को तीन प्रदेश समिति सदस्यसहित २५ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 
    यसरी पार्टी परित्याग गर्नेहरुमा १ नं. प्रदेश समिति सदस्य सुरेन्द्र चपागाई (शुसान्त), प्रवेश पाण्डे (दामोदर), ओम मण्डल, मोरङ जिल्ला समिति सदस्य गोपाल मगर, महेन्द्र बिष्ट, टंकबहादुर बिष्ट लगायत ६ जना, क्षेत्र र गाउँ समितिका पदाधिकारी सदस्य गरी २५ जनाले सोमबार (बैशाख १२) संयुक्त विज्ञप्ति प्रकाशन गरी पार्टी परित्याग गरेको हो । 
    पार्टीले आगामी बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने र स्वतन्त्र उमेद्वारी दिएर निर्वाचन लड्न पनि सक्ने दोधारे नीति लिएर कार्यकर्तालाई अन्योल सिर्जना गरेको, जनयुद्धको जगमा जनविद्रोह भन्ने कागजी क्रान्तिले कार्यकर्तामा निराशा बढ्दै गएकोले विज्ञप्तिमा उल्लेख छ । 
    स्थानीय तहको निर्वाचनलाई उपयोग गर्दै जनताको समस्या लिएर गाउँ, टोल छिरेर विद्रोहको आधार तयार पार्नुपर्नेमा उपयोग गर्दा दक्षिणपन्थी र बहिस्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने गलत मानसिकता रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

    पार्टीको कार्यदिशा सहि भएपनि कार्यनीति निर्माणमा चुकेर पार्टी बिघटनको दिशामा गएको, पार्टीले लिएको नीतिलाई नेतृत्वले आफू अनुकुल ब्याख्या गर्ने गरेकोले कार्यकर्तालाई अन्योलमा राखेर धोका दिन नमिल्ने भएको भन्दै आफूहरु कुनै न कुनैरुपमा जनताको पक्षमा संघर्षमा रहने उल्लेख गर्दै बैद्य माओवादी त्यागेको घोषणा गरेका हुन । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …