• राप्रपा पथरीशनिश्चरे नगर प्रमुखको उमेद्वार सम्बर राई

    मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित १० वटै वडामा मनोनयन दर्ता गरेको छ ।
    आइतबार निर्वाचन कार्यालय पुगेर नगर प्रमुखमा सम्बर राई, उपप्रमुखमा रमा तिम्सिनाले मनोनयन दर्ता गरेका हुन । त्यसैगरी वडा १ देखि १० सम्म क्रमस महेन्द्र कार्की, जितन पाठक, दीपकराज सुवेदी, सुरज मगर, मोहन तिम्सना, अभिशेक तिम्सिना, लुकनाथ दाहाल, नारायण थापा, हरेन्द्रमान खत्री र श्रीकाङबा लिम्बूले वडा अध्यक्षमा मनोनयन दर्ता गरेका हुन ।
    एमालेले प्रमुखमा मोहन तुम्बपो र उपप्रमुखमा देबिमाया काफ्लेलाई टिकट दिएको छ । माओवादीले दिनानाथ तिम्सिना र अनु राईलाई प्रमुख, उपप्रमुख बनाउने घोषणा गरेपनि पाँच दलीय गठबन्धन यो समाचार तयार पार्दासम्म मिलिनसकेको छैन् । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…