• मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई भ्रष्ट्राचार मुक्त देश बनाउने अभियानको रुपमा राजनीतिमा आएको बताएका छन् ।
    सुक्रबार मोरङको पथरीशनिश्चरे १ स्थित लोकतान्त्रिक चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रम अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन । 
    प्रतिनिधि सभा सदस्यसमेत रहेका लिङ्देनले आफू राजनीति पेसाको रुपमा नभएर जनसेवाको रुपमा कामगर्ने र हालसम्म एक रुँपैया पनि भ्रष्ट्राचार नगरको दाबी गरे । जुनसुकै मन्दिर पसेर भ्रष्ट्राचार नगरेको कसम खान आफू तयार रहेको उनले बताए । 
    लिङ्देनले प्रस्न गर्दै भने, के एमाले, कांग्रेस, माओवादीका नेता र जनप्रतिनिधिहरु भ्रष्ट्राचार गरेको छुइन भनेर मन्दिर पस्न तयार छन ? 
    देश बनाउन आफ्नो पार्टीलाई भोट दिन अनुरोध गर्दै लिङ्देनले भने ‘एमाले, कांग्रेसले देश संचालन गर्दा नेपाल झन संकटमा गइरहेको छ, के देश अझै उनीहरुको हातमा हुँदा देश भ्रष्ट्रचार मुक्त हुन्छ ।’ एमाले, कांग्रेसलाई भोट दिइरहदा देश संकट मुक्त नहुने उनको भनाइ थियो । 
    कार्यक्रममा पार्टी केन्द्रिय प्रबक्ता भक्ति सिटौला, मोरङ जिल्ला अध्यक्ष माधव आचार्य, सदस्य समर राईलगायतको उपस्थिति थियो । हरेन्द्र खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको क्रियाशील सदस्य रमेश विष्ट, एमालेका संगठित सदस्य गरी करिव तीन सय बढी राप्रपामा प्रवेश गरेको भन्दै नाम वाचन गरिएको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट अविर र खादा लगाइएको थियो । 
    राप्रपा पार्टी प्रवेश गर्नेमा अधिकांश एमाले, कांग्रेस समर्थक रहेको बुझिएको छ । पथरीशनिश्चरे नगर प्रमुखको दाबेदार गर्दै आएका पथरीका नेपाली कांग्रेसका नेता माधव कोइरालाले बिहिबार राति आफ्नो फेसबुक संजाल मार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा एक राप्रपा नेताले कोइराला राप्रपा प्रवेश गर्न तयार भएपनि १ नं. प्रदेशको वन मन्त्री शेखरचन्द्र थापा सुक्रबार बिहान आएर रोकेको बताए । राप्रपा पार्टी प्रवेशले आगामी निर्वाचनमा एमाले, कांग्रेसलाई क्षति भएको एक एमाले नेताको भनाइ थियो । कार्यक्रममा रेखा थापा आउने प्रचार गरिएपनि उनी सहभागि भएनन् । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…