• मौसम स्थानीय तहको निर्वाचनको छ । उमेद्वारहरुले पार्टी भित्र आफूले गरेको योगदानको आ–आफ्नो दाबी पेस गरिरहेका छन् । बिषय पार्टीबाट टिकट लिने प्रयासको हो । मोरङ पथरीशनिश्चरे १ का देबि प्रसाई हरेक हिसाबले खारिएका ब्यक्ति हुन् । 

    २०३६ सालदेखि कम्युनिष्ट राजनीतिकमा लाग्दै आएका प्रसाइ, गाबिसको कर्मचारी भएर ३० बर्ष काम गरेका ब्यक्ति हुन् । 
    स्थानीय तहको लामो अनुभव मात्र होइन पथरीमा स्थापित आरति बहुउद्देश्यीय सहकारी संस्था लि.को एक कार्यकाल उपाध्यक्ष र २ कार्यकाल निर्वाचित अध्यक्ष भएर काम गरेका ब्यक्ति हुन् प्रसाई । एमालेकै संगठित सदस्य भएर र पार्टीलाई भर अभर पर्दा निरन्तर सहयोग गर्दै आएका देबि प्रसाइले पथरीशनिश्चरे नगरपालिका १ नं. वडाको अध्यक्ष पदका आकांक्षी मध्येका एक हुन् ।  


    पार्टी नेतृत्वले सेवा निवृत्त, समय दिनसक्ने र निष्ठावान व्यक्तिलाई उमेद्वार बनाउनेमा आफू ढुक्क रहेको प्रसाईको बिस्वास छ । 
    प्रसाईसँगै धनकुमार तामाङ(पार्टी जिल्ला सदस्य तथा पथरी उवा संघ अध्यक्ष), भीमकुमार राई (पार्टी नगर सचिव), सुरेश कार्की, प्रदिपकुमार राई(पार्टी वडा अध्यक्ष), जय बिष्ट, बाबुराम लिम्बू (साविक वडा अध्यक्ष), दुर्गा सिटौला गरी आठ जनाले हालसम्म पार्टी भित्र अडान छाडेका छैन । पार्टी भित्र मनोनयन दर्ता गराएका मनि लिम्बू (लुङ्फुङवा) र साजन धिमालले भने फिर्ता लिएर मार्ग प्रसस्त गरेको बुझिएको छ । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…