• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखसहित पाँच वटा वडा जित्ने दाबीको साथ उमेद्वारले भोट माग्न थालेका छन् । 
    पाँच दलीय गठबन्धनको छलफलसँगै माओवादी केन्द्रले बिभिन्न वडामा उमेद्वार सर्बसहमत चयन गरेर भोट माग्न गाउँ पस्न थालेको हो । 
    माओवादी केन्द्रले साबिक ४, ६, ७, ९ र १० नम्बर वडा जित्ने निश्चित भएको दाबी गर्दै आएको छ । 
    अघिल्लो निर्वाचनमा माओवादीले ४ नं. वडा प्यानलै जितेको थियो । ७, १० मा झिनो मतले पराजित गरेको माओवादीले यो पटक ६ र ९ मा पनि जित निकाल्ने माओवादीको दाबी छ । 
    माओवादी केन्द्रले ७ मा मोहन लिम्बू, १० मा रबिन राईलाई सर्बसहमत उमेद्वार चयन गरेर टोलीलाई भोट माग्न गाउँमा परिचालन गरिएको माओवादी केन्द्र नगर इन्चार्ज दिनानाथ तिम्सिनाले बताए । युवा यी दुबै उमेद्वार गठबन्धन नभएपनि जित निश्चित हुने सो पार्टीको दाबी छ । 
    त्यसैगरी ६ नं. वडामा कमल कटुवाल र १ मा युवराज चौलागाई सर्वसहमत उमेद्वार छानिएको हो । 
    पथरीशनिश्चरेमा सकेसम्म पाँच दलीय गठबन्धन गर्नेगरी साझा सन्यन्त्र बनाएर छलफल भइरहेको छ । पथरीशनिश्चरेमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकोसाथै मंगोल नेस्नल अर्गनाइजेसन (एमएनओ)सँग समेत छलफल भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी र जसपाले नगर प्रमुख दाबी छाडेको छैन । 
    काग्रेसमा गठबन्धन गर्ने र नगर्ने बिषयमा दुई लाइन तलैसम्म देखिएकोले माओवादी एक्लै निर्वाचन लड्दापनि जित्ने दाबीको साथ अघि बढिरहेको छ । एमालेसँगको सम्बन्ध विच्छेदपछि माओवादीको संगठन ब्यापक विस्तार भएको र जनताको साथ पाउने संकेत मिलेको भन्दै एक्लै निर्वाचन लड्न तयार रहेको स्थानीय नेता कार्यकर्ताहरुको भनाइ छ । 

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …