• मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका सदरमुकामको रुपमा रहेको १ नं. वडा अध्यक्षमा अझै आठ जना उमेद्वारले दाबी नछाडेको बुझिएको छ । 
    गत निर्वाचनमा प्यानलै जितेको १ नं. वडामा वडा अध्यक्षको लागि चैत्र २६ गते आकाक्षीको नाम संकलन (मनोनयन) भएको थियो । जसमा भीमकुमार राई (पार्टी नगरसचिव), धनकुमार तामाङ(पार्टी जिल्ला सदस्य तथा पथरी उवा संघ अध्यक्ष), सुरेश कार्की, प्रदिपकुमार राई(पार्टी वडा अध्यक्ष), देवी प्रसाई, जय बिष्ट, बाबुराम लिम्बू (साविक वडा अध्यक्ष), दुर्गा सिटौला, मनि लिम्बू (लुङ्फुङवा) र साजन धिमालले मनोनयन गराएका थिए । 
    पार्टीको उपल्लो समितिले सकेसम्म एक जना नभएपनि बढीमा ३ जनाको नाम मागिरहेको बुझिएको छ । 
    मनि लिम्बू (लुङ्फुङवा) र साजन धिमालले सर्वसहमतिको लागि नाम फिर्ता लिएपनि आइतबारसम्म आठ जना मध्ये कसैले नाम फिर्ता नलिएको बुझिएको छ । 

    काग्रेसमा गोला तानियो


    यता नेपाली कांग्रेसमा भने वडा अध्यक्षवीच गोला तान्ने (चिठ्ठा) मार्फत वडा अध्यक्षको उमेद्वार छानिएको बुझिएकोछ । अन्तिमसम्म सर्वसहमत हुन नसकेपछि रोशन हाङ्बाङ लिम्बू, राजेन्द्र बस्नेत र अमर कार्कीवीच गोला तानेर उमेद्वार छानिएको बुझिएको छ । गोलामा जितेपछि राजेन्द्र बस्नेत नेपाली कांग्रेस १ नं. वडा अध्यक्षको उमेद्वार छानिएका हुन् । बस्नेत पथरी उद्योग वाणिज्य संघको महासचिव हुन् । 
    यता माओवादी केन्द्रको भने पार्टी वडा अध्यक्ष युवाराज चौलागाई वडा अध्यक्षको उमेद्वार सर्बसहमत चयन भएको बुझिएको छ । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…