• मोरङ । न्युस्टार एफसी इतिहास रच्दै मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को फाइनलमा प्रवेश गरेको छ । 
    बुधबार भएको पहिलो सेमी फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन टेन नबोदय एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै न्युस्टार फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै टेन नबोदयको रोशन माझीले गोल गर्दै आफ्नो टिमलाई अघि बढाएका थिए । 
    दोस्रो हापको १२ औ मिनेटमा न्युस्टारका खेलाडी शन्तोष केसीले गोल फर्काउदै बराबारीमा पु¥याएका थिए । १६ औ मिनेटमा न्युस्टारका क्याप्टेन सुरेन्द्र लिम्बूले कर्नर प्रहार गरेको गोल टेन नबोदयका राज तामाङको हेडहुँदै जाली चुमेको थियो । 
    दोस्रो हापको मध्यदेखि न्युस्टारलाई टेन नबोदयले लगातार दबाबमा राखेपनि गोल गर्न नसक्दा घर फर्किनु परेको हो । इन्जुरी समयमा बिपक्षी न्युस्टारका रक्षक दीपहाङ लिम्बू मैदानमा लडेर पोष्ट खुल्ला हुँदा टेन नबोदयले गरेको तीन वटा जति प्रहारले जाली चुम्न सकेन । आजको खेलको म्यान आफ द म्याच न्युस्टारका दीपेन माझी घोषित भए । फाइनलमा प्रवेश गरेकोमा समय सकिएपछि न्युस्टारका खेलाडी, क्लवका नेतृत्वको साथै समर्थकहरुले झण्डा हल्लाउदै खुसियाली मनाएका थिए । 


    भोली (बिहिबार) दोस्रो सेमी फाइनल खेल शिखर, द रियल ब्रदर्श एफसीवीच प्रतिस्पर्धा हुनेछ । द रियल ब्रदर्श गत सिजनको फस्ट रनर (दोस्रो) भएको टिम हो । 
    उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । फाइनल खेल चैत्र ५ गते हुने आयोजक समितिमो उपाध्यक्षसमेत रहेका म्याच कमिस्नार बिक्की राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…