• किरात राई चाम्लिङ खाम्बातिमको ५औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी सदस्यहरु

    सुनसरी । सुनसरीको धरानमा भएको किरात राई चाम्लिङ खाम्बातिमको ५औं राष्ट्रिय सम्मेलनबाट पुन युबराज राईको अध्यक्षतामा सर्बसहमत नयाँ समिती निर्वाचित भएको छ ।

    खाम्बातिमको फागुन २८–३० गते धरानमा पाँचौ राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनले उपाध्यक्षमा नरबहादुर राई, जयराम राई, भगवती चाम्लिङ राई, महासचिवमा जितकुमार राई, सचिबमा सयन्द्र राई, भुपाल राई चयन भएका छन ।

    त्यसैगरी कोषाध्यक्षमा राकेश राई, सह कोषाध्यक्ष एलिना राई, सुनिता राई चयन भएका छन । सदस्यहरूमा मिलनकुमार राई , बिष्णु राई , निरबहादुर राई , गंगाप्रशाद राई , जितमान राई , नोगेन राई , सितादेबी राई , रेवत राई , स्यामलाल चाम्लिङ, सुर्यधन राई , केबिन्द्र राई , सागर राई , बिपिन राई , केवलराम राई , अजय रोशन राई , रकम रोदुङ सर्बसहमत चयन भएका हुन । 
    सम्मेलनले विभिन्न २५ वटा पाछाबाट २५ जना केन्द्रीय परिसद सदस्यसमेत चयन भएका छन । पाछागत परिषद सदस्यहरुमा नवक्रिम राई, रामधन राई, पदमकुमार राई, विर्खमान चाम्लिङ राई, उमेश राई अञ्चल राई, राजेन्द्र राई, ताराकिरण राई, दीपक राई, सनकसिंह चाम्लिङ राई, जीवनकुमार, जानुका राई, धनबोल राई, कुवेस राई, एम के चाम्लिङ, सन्तराज राई, प्रताप राई, नमन राई राई, राजकुमार राई, रंजित चाम्लिङ राई, बद्री राई, मणी राई, सर्मिला राई, विनोद राई, मनिकुमार राई चयन भएका हुन् । 


    सम्मेलनले प्रदेशको किरात र सरकारी कामकाजको भाषा चाम्लिङ बनाउन माग
    सम्मेलनले प्रदेश नं. १ लाई किरात प्रदेश घोषणा गर्नुपर्ने, प्रदेशमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषा बनाइनु पर्ने, बिद्यालयमा भाषामा पठनपाठन हुनुपर्ने, धर्म सस्कृतिलाई संरक्षण र बिकास गर्नुपर्ने लगायतको ६ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्र मंगलबार धरान यलम्बर भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । 

     पदाधिकारी सदस्यरुलाई सम्मान
    पत्रकार सम्मेलन अघि किरात राई यायोक्खा सुनसरीले नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई खादा लगाएर सम्मान गरेको थियो । किराया अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सचिव नवीन राई लगायतको पदाधिकारी सदस्यहरुले कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…