• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा फागुन अन्तिम सातादेखि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । 
    आइतबार सञ्चारकर्मीहरुसँगको अन्तरक्र्रिया कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना बिष्ट बास्तोलाले सम्पूर्ण नगरबासीलाई औषधी खान अनुरोध गरेका हुन् । नगरमा फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने पथरी नगर अस्पतालको स्वास्थ्यकर्मी जगत मगरले बताए । 
    कार्यक्रममा नगर प्रमुख राईले हरेकलाई औषधी खान प्रोत्साहनको साथ प्रचारमा गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । उपप्रमुख यमुना बिष्ट बास्तोलाले हात्तीपाइले विरुद्धको औषधी खुवाउन कर्मचारीहरु पनि जिम्मेवारी पूर्बक लाग्नुपर्ने बताए । हरेक नगरबासीलाई औषधी खुवाउन जनप्रतिनिधिहरु लागि पर्ने र सञ्चार कर्मीहरुले प्रचार प्रचारमा लाग्न उपप्रमुख बिष्टले आग्रह गरेकी छन् । कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको समेत उपस्थिति रहेको थियो । 
    हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने स्वास्थ्यकर्मी जगत मगरले बताए । यो रोग लागेमा खुट्ट तथा पुरुषको अण्डा कोष सुन्निले लगायतको लक्षण देखा पर्दछ । 
    यो रोग उन्मुलनको लागि नेपालमा सन २००३, मोरङमा २०१२ देखि निरन्तर औषधी खुवाइन्दै आएको मगरले बताए । नेपालमा २०३० सम्ममा उन्मुलनको योजनाको साथ लागिरहेको बताइएको छ । 
    पथरीशनिश्चरे नगरमा गत बषृ ५० हजार ३१९ लाई औषधी खुवाइएको नगरको स्वास्थ्यकर्मी जगत मगरले बताए । यद्यपि पथरीमा ३ जनामा हात्तीपाइलेको लक्षण देखिएको मगरको भनाइ छ । यो बर्ष ६५ हजार ४९ लाई औषधी खुवाउने लक्ष्य रहेको मगरले जानकारी दिए । 
    औषधी ७ दिन भित्रको सुत्केरी, २ बर्ष मुनिका बालबालिका, छारेरोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक दीर्घ रोगिहरुले पनि खान मिल्ने स्वास्थ्यकर्मी जगत मगरले बताए । पथरीशनिश्चरे नगरमा ५२४ जना दीर्घ रोगीहरु रहेको तथ्याङ्क छ ।  वडा वडामा पुगेर हप्तादिनसम्म खुवाइने, नसकीय समय अझ बढाइने पथरी नगर अस्पतालले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …