• मोरङ । प्रदेशको नाम राख्न सहमति जुटाउने उदेश्यले प्रदेश नंं. १ सरकारले मंगलबार (१० फागुन) सर्वदलीय बैठकको आयोजना गरेको छ । 
    बैठकमा सरकार सम्बद्ध पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको नेताहरु सहभागि भएका थिए । 
    मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, जनता समाजवादी पार्टीको प्रदेश उपाध्यक्ष राजकुमार यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राखेका थिए । 
    बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले पनि विचार राखेका थिए ।
    बैठकको औचित्य बारे बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको सुरुवात गरिएको बताए । प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्ता र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा राख्दै सबै मिलेर नाम टुंगो लगाउनु पर्ने बताए । 
    प्रदेश सरकारले माघ १६ गते प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने तत्कालीन समाजिक बिकास (वर्तमान स्वास्थ्यमन्त्री) जयराम यादवलाई जिम्मेवारी तोकेको थियो । सोही आधारमा सर्वदलीय बैठकको संचालन मन्त्री यादवले गरेका थिए ।
    छलफलमा संघी लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने धारणा राखेका थिए । एमाले, कांग्रेस लगायतका पार्टीका प्रदेश अध्यक्षहरुले पार्टीमा छलफल गरेर प्रस्ताव ल्याउने बताएका थिए । 
    सरकारमा सम्बद्ध पार्टीहरुले भने बहुपहिचानको आधारमा नाम राख्न सहमति जुटाउने प्रयास भइरेको बुझिएको छ । यद्यपि प्रदेश सभा सदस्य संख्याको हिसावले एमालेको समर्थन बिन नाम रहन सक्दैन । नाम राख्न ६२ (दुई तिहाइ) जना आवश्यक हुन्छ । तर, सरकार गठबन्धनसँग ५० जना मात्र रहेको छ । एमालेसँग ४१, र राप्रपासँग एक गरी ९२ जनाको प्रदेश सभा रहेको छ । 
    प्रदेशको नाम किरात, लिम्बुवान किरात, कोशी, सगरमाथा, चोमोलुङमा, बिजयपुर लगायतको नामहरु प्रस्तावहुँदै आएको छ । प्रदेशको नाम इतिहास, भुगोल, सभ्यताको आधारमा किरात राखिए सबैलाई स्वीकार्यहुने प्रदेशमा रहेका राजनीतिक तथा सामाजिक संगठनहरुले प्रस्ताव राख्दै आएको छ । जसमध्ये किरात कोशी, किरात सगरमाथा, किरात लिम्बुवान लगायतको नाम अलि बढी चर्चामा रहेको छ । प्रतिपक्षी एमालेको साथ पाएमा प्रस्तावित नामहरु मध्ये बहुपहिचानको आधारमा नाम राख्ने प्रदेश सरकार तयारीमा रहेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…