• काठमाडौं – लामो समयदेखि खुखुराको आहर (दाना) उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालीका ६ स्थित टोखा रोडमा रहेका सगरमाथा पोल्टीफीड प्रालीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारवाही गरेको छ। तोकिएको मापदण्ड तथा गुणस्तर हिन दाना बनाएको भेटिएपछि बिभागले सगरमाथा पोल्टीफीडलाई कारवाही गरेको हो।

    उद्योगले गुणस्तर हिन दाना उत्पादन गर्दै बजारमा लैजाने गरेको उजुरी पछि बिभागले केही समय अघि छापामारी दानाको परिक्षणको लागी ल्यापमा पठाएको थियो।

    अुसन्धानमा सगरमाथा पोल्टीफीडले गुणस्तर हिन दाना उत्पादन गरेको पुष्टी भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको बिभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए। उनका अनुसार सगरमाथासँगै विभागले न्यूनगुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योगरफर्म विरुद्ध मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…