• काठमाडौं – लामो समयदेखि खुखुराको आहर (दाना) उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालीका ६ स्थित टोखा रोडमा रहेका सगरमाथा पोल्टीफीड प्रालीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारवाही गरेको छ। तोकिएको मापदण्ड तथा गुणस्तर हिन दाना बनाएको भेटिएपछि बिभागले सगरमाथा पोल्टीफीडलाई कारवाही गरेको हो।

    उद्योगले गुणस्तर हिन दाना उत्पादन गर्दै बजारमा लैजाने गरेको उजुरी पछि बिभागले केही समय अघि छापामारी दानाको परिक्षणको लागी ल्यापमा पठाएको थियो।

    अुसन्धानमा सगरमाथा पोल्टीफीडले गुणस्तर हिन दाना उत्पादन गरेको पुष्टी भएपछि जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको बिभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए। उनका अनुसार सगरमाथासँगै विभागले न्यूनगुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योगरफर्म विरुद्ध मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…