• मोरङ । राष्ट्रिय एकता पार्टी नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गरिए देश गृहयुद्धमा फस्ने र नेपालीहरु राष्ट्रिय मुक्ति युद्धको लागि तयार हुनुपर्ने जनाएको छ । 
    बिहिबार राष्ट्रिय एकता पार्टी नेपालको केन्द्रीय अध्यक्ष लाजेसाले विज्ञप्ति प्रकाशन गर्दै एमसीसी संसदबाट जबरजस्ति पास गरे आफ्नो संगठन युद्धको नेतृत्व गर्न तयार रहेको जनाएको छ । देश गृहयुद्धमा पसेमा त्यसको जिम्मेवार एमसीसीको पक्षमा रहेका ‘दलाल नेता’हरु जिम्मेवार हुने चेतावनी दिइएको छ । 
    एमसीसी साम्राज्यवादी, बिस्तारवादी र उपदेशवादी नीतिमा आधारित रहेको र नेपालको प्राकृतिक श्रोत साधनको माथि कब्जा गरि देशलाई खोक्रो बनाउने योजना अन्तर्गत ल्याइएको सो पार्टीको दाबी छ । 
    राष्ट्रिय एकता पार्टी नेपालले विज्ञप्ति मार्फत एमसीसी विरुद्धको आन्दोलनमा दमन, धरपकटड र लाठिचार्ज भएको प्रति भ्रत्सना गरेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…