• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित मुख्य सडकमा टायर जलगाएर अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध भएको छ । 
    एमसीसी विरुद्ध मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल, नेत्रविक्रम चन्द (विप्लव), ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र, समाजवादी), विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र सीपी गजुरेल नेतृत्वका देशभक्त गणतान्त्रिक मोर्चा गरी आठ वटा संगठनले बुधबार (४ फागुन)मा नेपाल बन्दको घोषणा गरेको छ ।
    बन्द सफल पार्न मोरङको पथरी खोला पुल पश्चिम मुख्य सडकमा आज विहान करिव ५ बजेट टायर बालेर सडक अवरोधको प्रयास भएको थियो । 
    नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ताहरुले मुख्य सडकमा दुई वटा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । सो पार्टीको पथरीशनिश्चरे नगर अध्यक्ष सुशान्तको नेतृत्वमा सडकमा टायर बालेको एक नेताले बताए ।
    नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ताहरुले टायर बालेपछि केही बेरमा इलाका प्रहरी कार्यालय पथरीबाट गएको टोलीले अवरोध हटाएको थियो । 
    गठबन्धन सरकारले ‘राष्ट्रघाति’ एमसीसी सदनमा पेस गर्न लागेपछि सो विरुद्ध नेपाल बन्दको घोषणा गरिएको नेकपा (क्रान्तिकारी माओवादी)को १ नम्बर प्रदेश समिति सदस्य सुरेन्द्र चापागाईले बताए । ‘राष्ट्रघाति’ एमसीसी विरुद्धको आन्दोलनमा जुट्न आम जनतालाई आव्हानको साथ बन्द आयोजना गरिएको चापागाईले बताए । 
    सडकमा टायर बालेर कार्यकर्ता हिडेपछि यातायातमा भने कुनै अवरोध देखिदैन । यद्यपि यातायातको साधन भने निक्कै पातलो चलेको छ । बन्दको कारण पथरीशनिश्चरेमा रहेका क्याम्पस, सरकारी र निजी विद्यालय बने बन्द रहेको छ । बजारमा भने बन्दको खास प्रभाव देएिको छैन । 
    बुधबार र बिहिबार आन्दोलनरत कम्युनिष्ट पार्टीको गठबन्धनले एमसीसी विरुद्ध प्रदर्शन गर्ने घोषणा भएपनि सदनमा पेस हुने जस्तो अवस्था आएपछि एक्कासी नेपाल बन्दको घोषणा गरेका हुन । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…