• मोरङ । संघीय सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते तोकेपछि गाउँ, नगरमा संभावित उमेद्वारको चर्चा चल्न सुरु भएको छ । 
    एमसीसीको समस्याले तोकिएको मितिमा निर्वाचन हुने नहुनेमा दुविधा कायम भएपनि उमेद्वारको भने चर्चा सुरु भएको हो ।
    पथरीशनिश्चरेमा अघिल्लो निर्वाचन निर्वाचित नेकपा (एमाले)मा नगर प्रमुखमा दिलिपकुमार राई (वर्तमान प्रमुख), रामकुमार बस्नेत, युवराज बास्कोटा, मोहन तुम्बापो, भगत थपलिया (पार्टीको जिल्ला सदस्य तथा पूर्व शिक्षक बाम बुद्धिजिवी ), यमुना बिष्ट(वर्तमान उपप्रमुख) र यामप्रसाद गुरागाई (२ नं. वडा अध्यक्ष) लगायतको संभावित उमेद्वार रहेको सो पार्टीका जानकारहरु बताउछन् । उपप्रमुखमा दुर्गादेवि दंगाल, देविमाया काफ्ले, निर्मला गदाल, रुकमिणि बजगाई संभावित उमेद्वार ह्ुन । युवाराज बास्कोटा पार्टीको केन्द्रीय सदस्य, मोहन तुम्बापो पथरी गाबिसको पूर्ब अध्यक्ष र रामकुमार बस्नेत प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।  थपलिया अध्यक्ष केपी ओलीको पुरानो लिगेसी रहेको दावी गर्छन । 
    त्यसैगरी नेपाली कांग्रेसमा नगर प्रमुख पदमा गणेश खड्का, नगेन्द्र सुब्बा, पर्शु कार्की, जय तामाङ, लोकनाथ खरेल लगायत रहेकाछन् । उपप्रमुखमा प्रेमिला राई लगायतका नेतृहरु रहेका छन् । गएको निर्वाचनमा पार्टीको तर्फबाट गणेश खड्का र प्रेमला राई प्रमुख र उपप्रमुखको उमेद्वार हुन् । खड्का पार्टीको क्षेत्रीय सभापति, जय तामाङ ६ नम्बर वडा अध्यक्ष(जनप्रतिनिधि) हुन् । तामाङले गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र(बागी) उठेर अध्यक्ष जितेर पुन पार्टीमा प्रवेश गरेका हुन् । 
    नेकपा (माओवादी केन्द्र)मा प्रमुखको लागि दिनानाथ तिम्सिना, बालकुमार मगर लगायत, उपप्रमुखमा राधिका गौतम, अणु राई लगायत रहेका छन् । माओवादीबाट ४ नम्बर वडा अध्यक्ष जितेका गोबिन्द भण्डारी पनि उपप्रमुख उठ्ने बताउदै आएका छन् । 
    नेकपा (एस)बाट नगर प्रमुखमा दीपक बस्नेत, मानप्रसाद लिम्बू, तुलशी ढकाल, उपप्रमुखमा बिन्दु राई लगायत संभावित उमेद्वार छन् । दीपक बस्नेत र मानप्रसाद लिम्बू पथरी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष हुन भने ढकाल ब्याबसायी र पार्टीको नगर अध्यक्ष हुन् । मानप्रसाद लिम्बू तत्कालीन एमालेबाट संघीय लोकतन्त्र अघि निर्वाचत वडा अध्यक्षको साथै सुकुम्बासी समस्या समाधान आयोगको पूर्व मोरङ जिल्ला अध्यक्ष समेत हुन् । 
    जनता समाजवादी पार्टीको तर्फबाट तारा दवाडी, फिपराज बेघा लगायत नगर प्रमुखको संभावित उमेद्वार हुन् । दवाडी पार्टीको १ नम्बर प्रदेश सदस्य र लिम्बू पथरीशनिश्चरे नगर अध्यक्ष हुन् । जसपाको ६ नम्बर वडामा बलियो रहेको बताइएको छ । 
    पथरीशनिश्चेरेमा मंगोल नेशनल अर्गनाइजेसनको समेत प्रभाव बढ्दै गएको छ । सो पार्टीले उमेद्वारी उठाउने जनाउदै आएको छ । १ नम्बर प्रदेशमा सरकारको गठबन्धनमा रहेको संघीय लोकतान्त्रिक पञ्च (लिम्बूवान)ले पनि वडाहरुमा उमेद्वार उठाउदै आएको छ । 
    सरकारमा रहेको गठबन्धन रहने नरहने टुङ्गो भइनसकेपनि पथरीशनिश्चरेमा माओवादी, नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक मञ्चको चुनावी तालमेल हुनसक्ने संभावना बढी छ । यस्तो अवस्थामा दीपक बस्नेत, मानप्रसाद लिम्बू, दिनानाथ तिम्सिना, बालकुमार मगर मध्ये मेयर, बिन्दु राई, राधिका गौतम, अणु राई, तारा दवाडी मध्ये उपप्रमुखको उमेद्वार बन्न सक्ने संभाना देखिन्छ । नेपाली कांग्रेससहितको तालमेल भए नेकाले प्रमुख र अन्य दलले उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरुमा तालमेल हुनसक्ने संभावना छ । 


     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…