•  लेटाङ - नेकपा माओवादी केन्द्र लेटाङ नगरकमिटिको दोस्रो पुर्ण बैठक मंगलबार सम्पन्न भएको छ। लेटाङ-४ स्थित सम्पन्न उक्त बैठकको प्रमुख अतिथि पार्टीका प्रदेश कमिटी सदस्य क.कृष्ण लम्साल (अनन्त) रहनु भएको थियो। औपचारिक बैठकको अध्यक्षता कमिटीका अध्यक्ष क.बिनोद नेपालले गरेका थिए।

    भने विशेष अतिथिका रुपमा माओवादी केन्द्र लेटाङ नगरका सह इन्चार्ज मौसम लिम्बू, भुपेश लिम्बू, गोपाल नेपाली, हस्त बहादुर राई लगायतका रहेका थिए। बैठकले आगामी बैशाखमा हुने स्थानीय निर्वाचनका लागि कृयशिल भइ जित हासिल गर्ने गरि सवै वडा कमिटीहरुले आफ्नो गतिविधि बढाउनु पर्ने सहभागीहरुको सुझाब थियो।

    भने लेटाङ नगर अन्तर्गतका सबै वडा कमिटीहरुले आगामी निर्वाचन लाई लक्षित गरि विभिन्न कार्यक्रमहरु गर्दै पार्टीको गतिविधि बढाउन प्रस्ताव गरेको छ। बैठकले स्थानीय स्तरमा जन्ताको जनजीविका सङ जोडिएर जन्ताको काम सहज हुनेगरि गतिविधि अगाडि बढाउने निर्णय समेत गरेको छ।र तत्कालै टोल भेला लगायतको बाकी कामलाई पुर्णता दिइने भएको छ।

    त्यसैगरि नगरकमिटीको पुर्ण दोस्रो बैठकले रिक्त रहेका पदहरुमा पदपूर्ति सहित मनोनयन गरेको छ।नगर कमिटि अन्तर्गतका सबै वडाहरुमा इन्चार्ज तोकिएको छ। भने विभागीय जिम्मेवारी समेत हेरफेर गरेको छ। ९ नम्बर वडा कमिटिको इन्चार्जमा अम्बिका धमाल, ३ नम्बर वडा कमिटि इन्चार्जमा टंक नाथ लिम्बु, ८ नम्बर वडा इन्चार्ज भोला पाण्डे, २ नम्बर वडाको देबी लुइँटेल, ५ नम्बर वडा इन्चार्ज रमेश भट्टराई, ६ नम्बर वडा इन्चार्जमा राम कुमार चौलागाई, बिद्यार्थी फ्राक्सन इन्चार्जमा दुर्गा बि.क, शिक्षक संगठनको इन्चार्जमा भुमि लत्ता बुर्जा मगर, बुद्धिजीवी संगठनको इन्चार्जमा सुमन हमाल लाई मनोनित गरेको हो।

    Open photo

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…