• मोरङ । राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमि हिन सुकुम्बासीलाई तत्काल जग्गा धनिपुर्जा वितरण गर्न प्रकृया अघि बढाउन आयोग जिल्ला समिति र स्थानीय सरकारलाई निर्देशन दिएका छन् । 
    शनिबार पथरी शनिश्चरे नगरका जनप्रतिनिधिहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष निरौलाले सो कुरा बताएका हुन् । अध्यक्ष निरौला मोरङको कानेपोखरी गाउँपालिकाको स्थायी बसोबासी हुन् । आफू मोरङ जिल्लाकै भएकोले पनि मोरङमा अझ चाँडो जग्गा नापी गरेर धनिपुर्जा वितरण हुनुपर्ने अध्यक्ष निरौलाले बताए । 
    सुकुम्बासीले जग्गा निशुल्क पाउने र अब्याबस्थित बसोबासीहरुले सरकारलाई कर तिरेर जग्गा धनिपुर्जा पाउने उनले बताए । आयोगले एक जना सर्वेक्षक र दुई जना अमिन पठाउने अपुग कर्मचारी नगरपालिकाले थपेर धनिपुर्जा चाँडो वितरण गर्नुपर्ने निरौलाले बताए । नगरले नापीको काम नथाले माथिबाट आउने कर्मचारी अन्य पालिकामा पठाइने बताएएका छन् । 
    आयोगको जिल्ला अध्यक्ष बिनिता घिमिरे लगायतको टोलीलाई पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरमा अघिल्लो आयोगले गरेको काम र सुकुम्बासीको प्रकृति बारे बताएका थिए । कार्यक्रममा उपप्रमुख यमुना बिष्ट बास्तोला, वडा अध्यक्षहरु क्पिलमणी ढकाल, गोबिन्द भण्डारी, सागर राई, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, माओवादीको दिनानाथ तिम्सिना, जसपाको फिपराज बेघा लगायतले शुझाव दिएका थिए । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…