•  लेटाङ- लेटाङ नगरपालिका वडा नम्बर-९ जाते बारकोठेमा एक औपचारिक कार्यक्रम बिच नेकपा माओवादी केन्द्र टोल समिति गठन भएको छ। रमेश राईको अध्यक्षतामा १८ जनाको टोल कमिटी गठन गरिएको हो।

    माओवादी केन्द्र जिल्ला समन्वय समितीका सदस्य हस्त बहादुर राईको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा नगर समिति सह इन्चार्ज तथा जिल्ला समिति सदस्य मौसम लिम्बू, लेटाङ नगर सह इन्चार्ज भुपेश लिम्बू, नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भुमिका बुर्जामगर, लेटाङ नगर समिति सचिव भवानी लिम्बू, ९ नम्बर वडा अध्यक्ष नरेश मग्राती लगाय अथिती रहेका थिए।

    बिहीवार दिउँसो कोपिला बन उपभोक्ता समुहको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा बारकोठे आसपासका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। 

    बारकोठेको बिकास र बस्ती बसाल्न बिगतमा माओवादी केन्द्र पार्टीको अहम भुमिका रहेको सम्झिदै आगामी दिनमा स्थानीयहरुका समस्या निराकरणका लागि पार्टीले बिशेष भुमिका खेल्ने लेटाङ नगर समितिका सह इन्चार्ज लिम्बुले मन्तव्यको क्रममा बताए। भने नगरपालिकाले संचालन गरेको "गरिबको फुसको छानो हटाउ"अभियानले जाते बारकोठे लाई नछोएको समेत बताए।

    स्थानीय स्तरमा भइपरी आएका सबैखाले समस्या लाई सम्बोधन गर्नु नगरपालिकाको कर्तब्य हो। तर नगरपालिकाले संचालनमा ल्याएको फुसको छानो हटाउ अभियानले बारकोठेमा कति घरधुरी लाभान्वित भए? कतिले टिनको छानो पाए? मलाई थाहा आज सम्म थाहा छैन'उनले भने।

    नगरपालिकाले स्थानीय जनजीवन र जन्ताका समस्या सङ प्रत्यक्ष सरोकार राख्नुपर्ने हो। आफ्नो हातमा छ भनेर मन परेका लाई मात्र बाढ्ने अरुलाई छुट्याउने न्याय संगत भएन'उनले थपे। त्यसैगरी टोल समितिमा भेला भएका स्थानीयहरुको पनि नगरपालिका प्रती निक्कै गुनासो थियो।

    सुकुम्बासी बस्ति छ। लालपुर्जा कहिले दिने हो? खाने पानीको मुख्य समस्या छ।५ बर्षमा एकपटक भोट माग्न आउछन जनप्रतिनिधि जितेर गएपछि मुख देखाउदैनन भने बिश्वास कस्को गर्ने?"सहभागी मध्येका एक महिलाले भनिन।

    यसरी अन्तरक्रिया सहित चलेको सो भेला दिनको १२ बजे देखि साझ ४ वजे सम्म चलेको थियो।भने उक्त कार्यक्रम लाई ९ नम्बर वडा कमिटी सचिब प्रेम लिम्बू सन्चालन गरेका थिए।

    नव गठित टोल समितिको नामावली निम्नलिखित रहेको छ।
    अध्यक्ष: रमेश राई
    उपाध्यक्ष: शुर्य कुमारी बि.क
    सचिब: अनिसा बि.क
    सह-सचीव: सुनिता बि.क
    कोषाध्यक्ष: बिमला बि.क
    सदस्यहरु-
    धिरज लिम्बू
    राकेश लिम्बू
    पुर्ण रसाइली 
    शन्त बहादुर राई
    डम्बर बि.क
    दल बहादुर बि.क
    गजेन्द्र शङ्कर
    डिल्ला राम बि.क
    सुरेन्द्र लिम्बू
    मन कुमार रसाईली
    शिव लाल शङ्कर
    सुमन लिम्बु

    No description available.No description available.

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…