• मोरङ । सडक ग्राभेलको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाको प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले काम ठप्प पारेर विरोध गरेको छ । 

    शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला भरीका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालो पट्टी बाँधी पालिकाको काम ठप्प पारेर विरोध गरेको हो । 
    कानेपोखरी ४ मा सडक ग्राबेल सकिएपछि अनुगमनमा जाने क्रममा प्राविधिक सुनिल कार्कीलाई स्थानीय गणेश गुरुङले अपशब्द बोल्दै हातपात गरेको थियो । सो घटना प्रति गम्भीर ध्यान आकर्षण गराउदै प्राविधिक काम ठप्प पारेको हो । 

    भौतिक आक्रमणले प्राविधिकहरुको ज्यानको सुरक्षा खतरामा भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न गाउँपालिकासँग माग गरेको छ । 

    गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई ५८ जना प्राविधिकको हस्ताक्षरीत ज्ञापन पत्र बुझाएउँदै कर्मचारीहरुमा सुरक्षाको माग र दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानुनी कारवाही नगरिएमा थप विरोधका कार्यक्रमहरु गर्दै जाने उल्ल्लेख छ । 

    मोरङ कानेपोखरी –४ स्थित श्याम राजवंशीको घर दक्षिणको बाटो ग्राभेलको उपभोक्ता समितिका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले मिति २०७८ पुस २८ गते अनुगमनको लागि गाउँपालिकामा दिएको निवेदन अनुसार २०७८ पुस २९ गते अनुगमन गरेको थियो । 

    गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक राजमती इङ्नाम सहितको प्राविधिको टोली अनुगमन गर्ने क्रममा योजनासँग असम्बन्धित व्यक्ति गणेश गुरुङले एक्कासी आफुमाथी आक्रमण गरेको र केही छिनमा भागेको प्राविधिक कार्कीले बताए । 

    घटना पच्छात बिहिबार नै गाउँपाकिलाका कर्मचारीहरुले विज्ञप्ती निकाल्दै घटनाको गम्भीर ध्यानाकर्षण गर्दै विरोध गरेका थिए । त्यसैगरी प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन)जिल्ला मोरङले पनि विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ । 

    उनिहरुले फिल्डमा खटिएको प्राविधिक माथी भौतिक आक्रमण गर्ने व्यक्तिलाई तत्काल गिरप्तार गरी कानूनको दायराभित्र ल्याई कानुनी राज्यको आभाष दिलाउन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन)जिल्ला मोरङले माग गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…