• विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन समाराेह सकिएकाे छ ।

    माेरङकाे विराटचाेकमा सुरू भएकाे अधिवेशनकाे बन्दसत्र भाेली बिहान ८:०० बजेदेखि सुरू हुनेछ । बन्दसत्रमा छलफलका लागि राजनीतिक तथा सांठनिक प्रतिवेदन र इन्द्रबहादुर आङ्बाेले प्रस्तुत गरेकाे प्रदेश १ काे अर्थ-राजनैतिक अवस्था र हाम्राे दायित्व शीर्षककाे आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

    सांगठनिक र राजनीतिक प्रतिवेदन प्रदेश समितिकाे तर्फबाट अध्यक्ष सुरेशकुमार राई (हिमाल)ले प्रस्तुत गरेका हुन् । दुवै प्रस्तावमाथि प्रदेशका १४ जिल्ला तथा विराटनगर महानगर गरि १५ समूहमा प्रतिनिधिहरूलाई विभाजन गरि छलफल हुनेछ । समूहगत छलफलकाे लागि दुई घण्टाकाे समय दिईएकाे छ । छलफलपछि टाेली नेताले अधिवेशनमा रिपोर्टिङ गर्नेछन् । रिपोर्टिङ पछि प्रतिवेदन प्रस्ताेताले जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूचि छ ।

    त्यसपछि दिउँदाे नेतृत्व चयनकाे प्रक्रिया सुरू हुने जनाईएकाे छ ।

    प्रदेश १ समिति २५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ । प्रदेश १ माओेवादीकाे अध्यक्षका लागि सुरेशकुमार राई हिमाल, हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बाेलगायतले आकांक्षा राखेकाे जनाईएकाे छ ।

    प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

    पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशन दुईदिनसम्म चल्ने जनाईएकाे छ ।

    अधिवेशनमा प्रदेशभरीका प्रतिनिधि र पर्यवेक्षक गरि झण्डै १५ सय सहभागी छन् । माओवादीले देशभरका ७ वटा भूगाेल प्रदेश समिति र २ विभागीय प्रदेश समितिकाे अधिवेशन आज एकैदिन गरेकाे हाे । अधिवेशनलाई भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन र सम्बाेधन गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…