• मोरङ । मोरङको साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थ आज एक समारोहको साथ लोकार्पण भएको छ । 

    बान्तावा नगरमा प्रतिष्ठित ब्यक्तिको रुपमा स्थापित थिए । राईको ठीक एक बर्ष अघि कोरोना भाइरसको कारण ६६ बर्षको उमेरमा मृत्यु भएको थियो । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित तिलक बान्तावा राई स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको हातबाट लोकार्पण गरिएको थियो । 

    लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले देशमा असल र निष्ठावान ब्यक्तिको खडेरी पर्दै गएको बताउनु भएको छ । देशमा विचारभन्दा जालझेल र षड्यान्त्रको राजनीति हाबी हुँदैगएको बेला तिलक बान्तावा राईलाई मार्ग दर्शकको रुपमा लिनुपर्ने मुख्यमन्त्री राईले बताएका थिए । मुख्यमन्त्री राईले भने ‘पहाडमा गयो असल मान्छे तराई झ¥यो भन्छन, तराईमा पनि फटाहाहरुले भरिएको छ भन्छन ।’ इमान समाप्त हुँदैजाँदा तिलक बान्तावा राईहरुले राजनीतिबाट सन्यास लिनु दुःखदायि भएको मुख्यमन्त्री राईको भनाइ थियो । मुख्यमन्त्री राईले तिलक बान्तावा राई प्रतिष्ठानलाई सहयोग गर्नुपरे प्रदेश सरकार तयार रहेको आस्वासन दिए । मुख्यमन्त्री राईले कार्यक्रममा प्रदेशको नाम बारे नबोलेपछि बाहिरे क्रममा पत्रकारहरुको प्रस्नको उत्तर दिदै प्रदेशको नाम बहुपहिचानको आधारमा आउने बर्षे अधिबेसनमा राखिने बताएका थिए । 

    पुस्तकको टिप्पनी डा.देउमान सम्बाहाम्फे र डा. मोहनकुमार तुम्बाहाङले गरेका थिए । कार्यक्रममा सामाजिक राजनीतिक ब्यक्ति महेश रेग्मी, संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश सांसद सुयर्माराज राई, पथरी गाबिस पूर्ब अध्यक्ष मोहन तुम्बापो लगायतले शुभकामना मन्तब्य दिएका थिए । 

    पुस्तकमा संविधान सभा सदस्य चण्डीप्रसाद राई, १ नम्बर प्रदेशको पूर्ब सामाजिक बिकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसाद सुयर्माराज राई, एमाले नेता युवराज बास्कोटा, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, पथरी उद्योण वानिज्य संघको अध्यक्ष धनकुमार तामाङ, नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, राजनीतिज्ञ मानबहादुर श्रेष्ठ, छोरा दीपक राई, ज्वाई डम्बर बाछना राई, गाविस पूर्ब सचिव हरिश्चन्द्र भ्याल लगायत परिवारका सदस्य तथा राजनीतिक, सामाजिक ब्यक्तिहरु १२३ जनाको लेख समेटिएको पुस्तक २९० पृष्ठ रहेको छ । 

    पुस्तक प्रकाशनको लागि चेतन पौडेल, युवराज भट्टराई, रोहित पराई, सुमन मेवाहाङ राई, विष्णुप्रसाद पोखरेल, डम्बर बाछाना राई, चण्डीप्रसाद राई, भक्तबहादुर राई, टिकाप्रसाद राई, सोमनाथ निरौला, अर्जुन जम्नेली राई, केदार चौहन लगायतको टोली खटेका थिए । 

    बान्तावाको जेठा दाजु भक्तबहादुर राईको सभापतित्वमा भएको लोकार्पण कार्यक्रममा लेखक, स्थानीय सामाजिक तथा राजनीतिक ब्यक्तिहरुको साथै पत्नि बिष्णुकुमारी राई, छोरा सुमन राई, बुहारी, छोरा ज्वाई तथा नाति, नातिनीहरु उपस्थित रहेका थिए । तिलक बान्तावा राईको योगदानको कदर गर्न निकट भविश्यमै प्रतिष्ठान दर्ता गरिने संविधान सभा सदस्य चण्डीप्रसाद राईले बताए ।

    २०११ सालमा मोरङ टाँडीमा जन्मिएका बान्तावा पञ्चायत शासन विरुद्धको आन्दोलनमा डटेर लागेका थिए । २०२५ देखि कम्युनिष्ट राजनीतिमा लागेका तिलक बान्तावा राई तत्कालीन मालेको २०४२ सालमा जिल्ला सदस्य, इलाका सेक्रेटरी, २०४७ मा एमाले जिल्ला सदस्यहुँदै २०४९ सालमा भएको निर्वाचनमा पथरी गाबिस अध्यक्ष जितेर सफलता पूर्ण रुपमा काम गरेका थिए । पछिल्लो समयमा कम्युनिष्ट पार्टीका नेताहरु नै छलछाम, खुरापाति प्रवृति हाबीहुदै कमिशनको खेलमा लाग्नुको साथै भ्रष्ट्राचारमा मुछिन थालेपछि तिलक बान्तावा राजनीति रुपमा निस्कृय रहँदै आएका थिए । दर्जन बढी सामाजिक तथा शैक्षिक संस्थाहरुमा काम गर्दै पछिल्लो समयमा घरजग्गा, स्वास्थ्य, सुनचादी लगायतका ब्याबसाय गर्दै आएका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…