• इटहरी ।  सुनसरीको इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेट्न नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल चौधरीको निवास पुगेका छन् । 


    शुक्रबार भएको भेटमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेता नेपालसँगै थिए । नेपाल सुनसरीको चताराधाम जाने क्रममा चौधरीको निवास गएका हुन् । नेकपा (एमाले)बाट टिकट पाएर मेयर पदमा विजयी बनेका चौधरीले पार्टीको इनरुवामा दुई दिनअघि भएको कार्यक्रममा तेस्रो व्यक्तिले अध्यक्षता गरेको भन्दै माइक खोसेर बोल्न रोकेका थिए । उनले कार्यक्रम बहिस्कार गरेका थिए । उनी एमालेमै खुलेका थिए । 


    माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार सुनसरीस्थित निवासमा स्वागत गरेका छन् । त्यो औपचारिक भेटघाट भएको बताइएको भए पनि चौधरी नेकपा (एस)प्रवेश गरे वा नगरेको भन्ने खुलाइएको छैन । नेकपा एस इटहरी नगर कमिटीको आधिकारिक फेसबुक पेजमा भने मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराई सहितको टोली एसमा प्रवेश गर्ने भन्ने विवरण पोस्ट गरिएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…