• लेटाङ, २१ कार्तिक । शनिबार साझ केराबारी ९ बेलचौरीमा भएको सबारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

    हिजो   साझ ६:०० बजे केराबारी ९ बेलचौरीमा दक्षिणतर्फबाट आएको बा.१० च.४३०० नम्बरको स्कार्पियो र को ४० प १७२७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकलमा सबार ३ जनाको मृत्यु भएको हो ।

     मृत्यु हुनेमा लेटाङ २ का ३० बर्षिय कमल कार्की, सोहि ठाउ बस्ने ४५ बर्षिय सिता कार्कि र पथरीका अन्दाजी ५५ बर्षिय तिलक बहादुर सुबेदिको मृत्यु भएको छ  । 

    दुर्घटनामा कमल कार्कि र सुबेदिको घटना स्थलमा नै मृत्यु भएको थियो भने  सिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

     स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिनुभयो । 
    मृतककालाई उचित क्षतिपुर्ति दिनुपर्ने भन्दै आफन्तले  माग गरेका छन ।  

    आक्रोसित आफन्तले स्कार्पियो तोडफोड गरेका छन भने आगो लगाउन लागेको भिडलाई भने प्रहरीले रोकेको छ । हाल दुबै सबारी साधन ईलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले  जनाएको  छ   ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…