• काठमाडौं । प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम गर्ने दुसप्रयास गरिएको नेकपा समाजवादीका ओखलढुङ्गा अध्यक्ष हंशराज वाग्लेले बताए ।

    भोजपुर स्याथी घर भएका राई प्रदेश सभा सदस्य भएपछि इटहरीमा डेरा गरि बस्दै आएका थिए । नेकपा समाजवादीको संंसदिय दलको नेता भएपछि उनी केहि समयदेखी कार्यकर्ता छलफल मिटिङ, भेटघाटको लागि होटेल इन्टुरिस्टमा इहहरीमा बस्दै आएका थिए । उनको खानपिनको मेनेजमेन्ट होटेलले नै गर्दै आएको थियो।
    सो होटेलबाट कार्यकर्ता लेबलका हामीे छलफल,सकेर भोलि सपथ ग्रहणको लागि पार्टीको तर्फबाट पूर्व तयारीको लागि आवश्यक व्यवस्थापन गर्ने भनेर निस्किएका थियौं, उक्त माहोलमा पार्टीका मान्छे कोहि थिएनौ नेता हंशराज वाग्लेले भने, नितान्त पारिवारिक मामिलालाई कसैले लिक गरेर गलत प्रचार गरिएको रहेछ।


    वाग्लेले भने, पारिवारिक खुशीयालीलाई गलत प्रचार गर्नु र सार्वजनिक गर्नु गलत हो । यसमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

    नेता राईको परिवारले पारिवारिक खुशीमा केक काटेर खुशी साटेका थिए। जातिय संस्कार अनुसार बियर स्याम्पियन फोडेर सेलिब्रेसन गरिएको रहेछ। तर पारिवारिक खुशीयालीलाई कसैले लिक गरेपछि जाँडपार्टी भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्नु दुश्सप्रयास हो ।
    नेता राई जाँडरक्सी सेवन नगर्ने तथा कर्तब्यनिष्ठ एवम इमान्दार नेतामा पर्छन्। तर कुत्सित मनसाय बोकेका कसैले बदनाम गर्न खोज्दै केहि लछारपटार नलाग्ने वाग्लेले बताए । यो सरकारले एक नम्बर प्रदेश जनताको काम गरेर कसरी मन जित्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा भएको नेता वाग्लेले बताए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…