• विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने  निर्णय गरेका छन् । आइतबार बसेको विपक्षी गठबन्धनको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने  निर्णय गरेको हो ।


    आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । आइतबार बसेको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने र गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अघि सार्ने सहमति गरेको  नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबादुर आङ्बाले बताए । 


    मुख्यमन्त्रीमा काङ्ग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको  छ । बैठकले  नयाँ सरकार गठनपछि केन्द्रीय तहमा आलोपालोका विषयमा छलफल गर्नेसहमति गरेको छ ।
    ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लगि ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…