• काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्ष र विपक्षमा कानुन व्यवसायीहरु विभाजित भएका छन् ।

    आइतबार नेपाल बार एशोसियशनमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ र दिन हुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी नै चलेको छ।

    प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा अधिकांश अधिवक्ताहरूले कालोपट्टी बाँधेर विरोध गरिरहेको बेला केही अधिवक्ताहरू भने सेतोपट्टी बाँधेर इजलासको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। इजलासको माग गर्दै प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुडाल लगायत छन्। कानुन व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा सहमत नभएकाले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको बताए।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन्। न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरेका छन्।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…