•  कात्तिकभरका प्राकृतिक विपद् घटनामा एक सय २१ को मृत्यु भइसकेको छ ।  २८ जना अझै बेपत्ता छन् । 


    गृह मन्त्रालयका अनुसार अहिलेसम्म ४४ घाइते रहेका र एक सय ७९ घरमा क्षति पुगेको छ । कात्तिक १ रातिदेखि ३ गतेसम्मको बेमौसमी अविरल वर्षाका कारण ठूलो क्षति भएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    बाढी, पहिरो, डुबान र रुखले किचेर लगायत घटनामा मानिसको मृत्यु भएको हो । पूर्व र पश्चिम क्षेत्रमा अविरल वर्षाले बढी क्षति गरेको थियो । 

    कात्तिक ३ गते सबैभन्दा बढी ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले एक जनाको मृत्यु भएकामा २ लाख र एकै परिवारमा त्योभन्दा बढीको मृत्यु भए जनही एक लाख रुपैयाँका दरले पीडित परिवारलाई राहत वितरण गर्दैछ ।
     

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…