• काठमाडौं । विश्वभर छरिएर रहेका किरात राई जातिहरु यही कार्तिकको अन्तिम साता नेपालको राजधानी काठमाडौमा भेला भएर सो जातिको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतको बिषयमा छलफल गर्दै नयाँ परिस्थिति अनुसार समुदायलाई अघि बढाउन निर्णय गर्ने भएको छ ।
    राई जातिले प्रयोग गर्दै आएको भाषा, साहित्य, लिपी, संस्कार, धर्म संस्कृति बारे छलफल गरेर संमृद्ध गर्दै नयाँ परिस्थिति अनुसार समय सान्दर्भिक बनाउदै लान तेस्रो किरात राई अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
    किरात राई अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा कार्तिक २७, २८ र २९ गते (२०२१ नोभेम्बर १३, १४ र १५ तारिख) काठमाडौमा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको यायोक्खाको केन्द्रीय अध्यक्षसमेत रहेका आयोजक समितिको संयोजक दिबस राईले बताए । 
    बुधबार (कार्तिक १०) यायोक्खा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो । 
    अन्तराष्ट्रिय सम्मेलनले बिश्वमा रहेको किरात राई जातिको साझा सरोकारको बिषयमा छलफल गरि साझा धारणा निर्माण गर्ने, एक आपसमा भाइचारा एवं सुमधुर सम्वन्ध स्थापित गर्ने यायोक्खाको केन्द्रीय उपाध्यक्षसमेत रहेका विदेश विभाग प्रमुख जिवन हाताचो राईले बताए । 
    अन्तराष्ट्रिय सम्मेलनले विश्वभर छरिएर रहेका राई समुदायवीच सहकार्य, सहमतिको साथै एकताको शुत्रमा वाँध्न प्रयास गरिने उपाध्यक्ष राईले बताए । 
    सम्मेलनमा छिमेकी भारतको दार्जेलिङ, सिक्किम, अमेरिका, बेलायत, इजरायल, यूएई, कतार, मलेशिया, मकाउ, हङकङल लगायत १८ वटा बिदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिहुने किराया केन्द्रीय महासचिव जनक राईले बताए । सम्मेलन सम्पन्न गर्न यायोक्खा अध्यक्ष समेत रहेका किरात राई अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्ष दिवस राईको अध्यक्षतामा मूल आयोजक समिति र सो मातहतमा रहने गरी ११ वटा उपसमितिहरु गठन गरि क्रियाशील रहेको महासचिव जनक राईले बताए । 
    यस अघि २०६७ साल चैत २७ र २८ गते (सन २०११ अप्रिल ११ र ११) काठमाडौं नेपालमा पहिलो र २०७१ साल फागुन ९ र १० गते (सन २०१५ फेबु्रअरी २१ र २२) भारतको सिलिगुडीमा किरात राई दोस्रो अन्तराष्ट्रिय सम्मेलन भएको थियो । 
    भारतमा भएको दोस्रो अन्तराष्ट्रिय सम्मेलनले किरात राई जातिले किरात (सिरिजंङ्घा) लिपी प्रयोगमा ल्याउने बिषयमा छलफल चलेको थियो । किरात राई यायोक्खाको १० महाधिवेशनको निर्णय अनुसार यायोक्खाको समन्वयमा चार किरातसँग छलफल गरेर सबैले सोही लिपी प्रयोग गर्ने तयारी भएको छ । 
    सम्मेलनले किरात राई जातिले बोल्दै आएको सबै भाषाहरुको बिकास गर्ने, चुला पुज्ने तरिका, माङखिमको छानो, मुन्दुममा सुप्तुलुङको स्थान फरक पर्दै जानसक्ने भएकाले सम्मेलन मार्फत एक रुपता ल्याउने प्रयास गरिने किरात राई अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्ष दिवस राईले बताए । 
    इतिहास, संस्कृति र सभ्यताको आधारमा १ नम्बर प्रदेशको नाम किरात राख्न प्रदेशबासीको माग भइरहेको छ । बिभिन्न सन्दर्भमा देश बाहिर रहेका राई समुदायले समेत १ नम्बर प्रदेशको नाम किरात राख्न माग गर्दै आएका छन् । अन्तराष्ट्रिय सम्मेलनमा किरात प्रदेश नामकरणको सन्दर्भमा भएका पहलहरु र आवश्यक भावि योजनामा समेत छलफलहुने बताइएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…